भर्खरै

वायु प्रदूषणको विनाशकारी चक्र अन्त्य गर्न ठूला सहरको प्रतिबद्धता

  • प्रकाशित मिति : बिही, मंसिर २१, २०८०
  • - विद्युत संसार
title
काठमाडौँ,  २१  मङ्सिर । काठमाडौँ महानगरपालिकासहित विश्वका आठ ठूला सहरका प्रमुखले जलवायु परिवर्तनसँगै वायु प्रदूषणको विनाशकारी चक्र र सहरी केन्द्रमा यसको गहिरो जोखिमको प्रभाव अन्त्य गर्न संयुक्त प्रतिबद्धता जनाएका छन् । यसरी प्रतिबद्धता जनाउने सहरमा नेपालको काठमाडौँ महानगरपालिका, अमेरिकाको सिकागो, रोमानियाको बुखारेस्ट, ब्राजिलको फोर्टालिजा, इन्डोनेसियाको जकार्ता, बङ्गलादेशको ढाका, रवङ्दाको कीगाली र उगान्डाको काम्पला छन् ।   
 
संयुक्त अरव इमिरेट्समा संयुक्त राष्ट्रसङ्घको जलवायु परिवर्तनसम्बन्धी २८औँ सम्मेलन (कोप–२८) जारी रहँदा स्वस्थ सहरका लागि साझेदारी (पार्टनरसीप फरहेल्दी सिटिज) को विश्व सञ्जालमा आवद्ध सहरका प्रमुखले यस्तो प्रतिबद्धता जनाउनुभएको हो । आठ देशका प्रमुखले बुधबार सार्वजनिक संयुक्त प्रतिबद्धता पत्रमा भनिएको छ,“जनसङ्ख्याको आकार र चुनौतीसँगको निकटताले, सहरहरुले परिवर्तनको उदाहरणीय नेतृत्व गर्न सक्ने प्रचुर सम्भावना बोकेका छन् । कोप २८ मा विश्व नेता भेला भइरहँदा, हामी विश्वभरका सहरलाई वायु अनुगमनका प्रभावकारी कार्यक्रम अपनाउन नागरिकको जीवन सुधार गर्न सार्वजनिक स्वास्थ्यकार्य प्रवद्र्धन गर्न आह्वान गर्दछौँ ।” 
 
सो अवसरमा कामपाका प्रमुख बालेन्द्र साह (बालेन) ले वायु गुणस्तर अनुगमन सञ्जाललाई सुदृढ गरेर भरपर्दो नीतिसहित विद्यमान वायु प्रदूषण न्यूनीकरण गर्ने नीति रहको बताउनुभयो । बङ्गालादेशको ढाका उत्तर नगरका प्रमुख मोहम्मद अतिकूल इस्लामले आफ्नो सहरले प्रदूषणमापन यन्त्र जडान गरेर वायु गुणस्तर निगरानीलाई थप बलियो बनाउँदै प्रभावकारी जनस्वास्थ्य नीति अवलम्बन रहेको जानकारी दिनुभयो ।
 
सिकागो सहरका प्रमुख ब्राण्डन जोन्सनले आफ्नो सहरले समुदायस्तरमा वायु प्रदूषण अनुगमन रणनीति विकास भएपछि पर्यावरणीय न्यायमार्फत आर्थिक योगदान गरिरहेको उल्लेख गर्नुभएको छ । वायु प्रदूषणको अवस्था ठाउँअनुसार फरक हुने बताउँदै उहाँले अनुगमन रणनीतिका बारेमा समुदायस्तरमा समान बुझाइ विकास गर्न ध्यान दिएको बताउनुभयो । 
सार्वजनिक स्वास्थ्यमा बढ्दै गएको प्रभाव र जोखिम घटाउन, सहरलाई स्वस्थ्य बनाउन आफूहरु साझेदारी अंशको रूपमा रहेको प्रमुखको भनाइ छ । नसर्ने रोगबाट हुने मृत्यृको रोकथाम गर्दै  सुरक्षित, उत्थानशील, अधिक लचिलो र अधिक समान सहर निर्माणमा आफूहरुले साझा सङ्कल्पका साथ काम गरिरहेको उहाँहरुको भनाइ छ । 
जनस्वास्थ्य र वातावरणका लागि वायुप्रदूषण सबैभन्दा ठूलो जोखिम रहेको विश्व स्वास्थ्य सङ्गठनले औँल्याएको छ । यसका कारणबाट वार्षिक ७० लाख मानिसको मृत्यु हुने गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago