भर्खरै

आगलागीपीडित परिवारलाई विराटनगर महानगरपालिकाको सहयोग

  • प्रकाशित मिति : शुक्र, मंसिर २२, २०८०
  • - विद्युत संसार
title
मोरङ, २२ मङ्सिर । विराटनगर महानगरपालिकाले आगलागीमा ज्यान गुमाएका पीडितपरिवार र घाइतेलाई राहत उपलब्ध गराउने भएको छ । बुधबार महानगरपालिका वडा नं –७ सातघुम्तीस्थित कवाडी गोदाममा आगलागी भएको थियो ।
 
  मृत्यु भएका परिवारलाई जनही रु एक-एक लाख तथा घाइतेलाई रु ५०/५० हजार राहत महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट उपलब्ध गराउने  महानगरका प्रमुख नागेश कोइरालाले जानकारी दिनुभयो । 
 
विराटनगर–७ सातघुम्तीस्थित दुखा मण्डलले सञ्चालन गरेको कवाडी पसलमा बुधबार आगलागी हुँदा विराटनगर–६ का दीपक मण्डल, सुशीला पासवान र सुनिता कामतको मृत्यु भएको थियो । सुशीलाको घटनास्थलमै मृत्यु भएको थियो भने मण्डलको बुधबार उपचारका लागि अस्पताल लैजाने क्रममा विराटनगरमा तथा सुनिता कामतको उपचारको क्रममा काठमाडौँमा मृत्यु भएको थियो ।
 
घटनामा घाइते भएका विराटनगर–६ का किशोर पासवान, रीता सरदार र कटहरी गाउँपालिकाका–६ की पिंकी कामतको काठमाडौँमा उपचार भइरहेको छ । महानगरले काठमाडौँबाट सुनिताको शव ल्याउने व्यवस्थापन मिलाएको छ । महानगरले कवाडी व्यवसाय र गोदामसहित सम्वेदनशील व्यवसायलाई व्यवस्थित गर्ने भएको छ ।
 
महानगरपालिकाले निश्चित स्थान तोकेर मात्रै कवाडी, गोदामलगायत अन्य संवेदनशील व्यवसाय सञ्चालनको अनुमति लिनुपर्ने महानगर प्रमुख कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । आगामी दिनमा यस प्रकारका संवेदनशील व्यवसायजन्य सुरक्षाको मापदण्डलाई कडाइका साथ अनिवार्य लागू गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago