भर्खरै

विद्युत् नहुँदा पदयात्रामा आउने पर्यटकलाई समस्या, पर्यटकीय गन्तव्यमा बिजुली पुर्‍याउने ऊर्जामन्त्री बस्नेतको उद्घोष

  • प्रकाशित मिति : सोम, मंसिर २५, २०८०
  • - विद्युत संसार संवाददाता
title
कास्की, २५ मङ्सिर । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले पर्यटकीय गन्तव्यमा केन्द्रीय प्रसारण लाइनको बिजुली पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
 
कास्कीको माछापुच्छ्रे गाउँपालिकासहित यहाँका पर्यटकीय क्षेत्रमा बिजुली विस्तार गर्न मागसहित आएको पर्यटन व्यवसायी लगायतको टोलीसँग हिजो पोखरामा उहाँले सरकार दुई वर्षभित्रमा देशका सबै भूभागमा बिजुली पुर्‍याउने गरी काम गरिरहेको पर्यटकीय क्षेत्र सरकारको प्राथमिकतामा रहेको बताउनुभयो । 
 
माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मर्दी हिमाल तथा खुमै पर्यटकीय गन्तव्यमा अझै पनि केन्द्रीय प्रसारणलाइनको बिजुली पुग्न सकेको छैन । यहाँका अन्य स्थानमा समेत लघुजलविद्युत् आयोजनाबाट उत्पादित बिजुलीमा भर पर्नुपर्ने अवस्था छ । मर्दी पदयात्रामा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन पुग्न नसक्दा बत्ती बाल्नदेखि लिएर मोबाइल चार्ज गर्नसमेत पर्यटकलाई समस्या भएपछि पर्यटन व्यवसायीले मन्त्री बस्नेतको ध्यानाकर्षण गराएका हुन् ।
 
ऊर्जामन्त्री बस्नेतले भन्नुभयो, “कुनै पनि क्षेत्रको विकासका लागि विद्युत् सबैभन्दा महत्वपूर्ण हुन्छ । सरकारले विद्युत् र सिँचाइको व्यवस्था हरेक नागरिकसम्म पुगोस् भनेर काम गरिरहेको छ ।” मर्दीको कालीमाटी र घलेल तथा प्रितम देउरालीसम्म मात्र अहिले प्राधिकरणको विद्युत् सेवा पुगेको छ भने प्राधिकरणले यसै वर्ष विद्युत् विस्तारको काम अघि बढाएको छ । 
 
मर्दीको माथिल्लो क्षेत्रसम्मै बिजुली पुर्‍याउनका लागि नेपाल विद्युत् प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयले ठेक्का आह्वान गरेर काम अघि बढाएको छ ।
 
मर्दी पर्यटन व्यवस्थापन समितिका संस्थापक सचिव शिवप्रसाद भण्डारीले माछापुच्छ्रे गाउँपालिकालाई पूर्ण विद्युतीकरण गर्न ऊर्जामन्त्रीसँग माग गरिएको बताउनुभयो । उहाँका अनुसार मर्दी पदयात्रामा केही समयदेखि काम सुरु भए पनि अर्को पर्यटकीय गन्तव्य खुमै डाँडामा अझै बिजुली पुग्न सकेको छैन । विद्युत् नहुँदा पदयात्रामा आउने पर्यटकलाई मोबाइल र क्यामरा चार्जदेखि इन्टरनेट सुविधा उपलब्ध गराउनसमेत कठिन भएको उहाँले बताउनुभयो ।
 
मर्दीको केही क्षेत्रमा सोलारबाट बत्ती बाल्ने र इन्टरनेट सुविधा रहे पनि मौसम प्रतिकूल हुँदा समस्या पर्ने गरेको थियो । भण्डारीले भन्नुभयो, “बिजुली नपुगेको ठाउँहरुमा प्रसारण लाइन विस्तार र लघुजलविद्युत् भएका ठाउँमा उर्जा थप गर्न ध्यानाकर्षण गराएका छौँ । विद्युत् शक्ति कम हुँदा होटल तथा कृषि फार्महरुमा अहिले समस्या भएको छ ।”

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago