भर्खरै

औद्योगिक विकासका लागि नीतिगत निर्णय कार्यान्वयनमा जोड

  • प्रकाशित मिति : सोम, मंसिर २५, २०८०
  • - विद्युत संसार
title
लुम्बिनी, २५ मङ्सिर । रुपन्देहीका उद्योगी व्यवसायीले राज्यले ठोस औद्योगिक विकासका लागि नीतिगत निर्णय कार्यान्वयनमा जोड दिनुपर्ने सुझाव दिएका छन् । 
 
उनीहरुले लामो समयसम्म पनि नयाँ औद्योगिक क्षेत्र स्थापना गर्न नसक्नु औद्योगिक विकासका लागि राम्रो सङ्केत नभएको बताउँदै रुपन्देहीको मोतिपुरमा स्थापना गर्ने भनिएको औद्योगिक क्षेत्रको निर्माण कार्य तत्काल अगाडि बढाउन र बन्द रहेको धागो कारखानाले उपभोग गरिरहेको जग्गा एवं भवनको सदुपयोग गर्नेतर्फ ध्यान दिन आग्रह गरेका छन् । 
 
रुपन्देही उद्योग सङ्घले हिजो आइतबार बुटवलमा आयोजना गरेको मोतिपुर औद्योगिक क्षेत्रको निर्माण र सेजको सञ्चालनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा नयाँ औद्योगिक क्षेत्रको स्थापना, औद्योगिक वातावरण र अर्थतन्त्रलाई चलायमान बनाउनका लागि ठोस नीति र विधि बनाउँदै अगाडि बढ्न व्यवसायीले राज्यसँग आग्रह गरेका छन् । 
 
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका केन्द्रीय अध्यक्ष बाबुराम पन्तले आफू नेत्तृत्वमा आएसँगै मोतिपुर औद्योगिक क्षेत्रको निर्माण, बन्द बुटवल धागो कारखाना सञ्चालन एवं जग्गाको प्रयोग तथा सेज र औद्योगिक क्षेत्रबीच मर्जरको कामलाई प्राथमिकतामा राखेको बताउनुभयो । 
 
उहाँले बुटवल धागो कारखानालाई पुनःसञ्चालनमा ल्याउन वा त्यसको स्थानमा नयाँ उद्योग सञ्चालन गर्ने विषयलाई आफूले सम्बन्धित निकायमा स्पष्टसँग कुरा राखेको बताउनुभयो । 
 
उहाँले मोतिपुर औद्योगिक क्षेत्रको नाममा रहेको सबै जग्गामा विवादका कारण सिमाङ्कन गरी एकैपटक काम अगाडि बढाउन नसकिने र कम विवादित दुई सय ७० बिघा जग्गामा औद्योगिक क्षेत्र निर्माणको काम अगाडि बढाउने सोचका साथ सहमति गरी काम अगाडि बढाइएको जानकारी गराउनुभयो ।
 
 सङ्घका अध्यक्ष दिलीप सापकोटाले औद्योगिक विकास गर्ने कुरामा राजनीतिक विवाद नगरी अगाडि बढ्न आग्रह गर्नुभयो । यस क्षेत्रमा नयाँ औद्योगिक क्षेत्रको जरुरी भएको र त्यसको समाधानका लागि अगाडि बढाइएको मोतिपुर औद्योगिक क्षेत्रको निर्माणमा देखिएको अवरोधलाई समाधान गर्न लिमिटेडलाई उहाँले अनुरोध गर्नुभएको थियो । साथै उहाँले बु्टवल धागोको व्यवस्थापन र भैरहवास्थित सेज सञ्चालनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्नेमा जोड दिनुभएको थियो । 
 
नेपाल उद्योग परिसङ्घ, लुम्बिनी प्रदेश अध्यक्ष एवं रुपन्देही उद्योग सङ्घका पूर्वअध्यक्ष एजाज आलमले मोतिपुर औद्योगिक क्षेत्रमा देखिएका समस्या एकैपटक समाधान हुन सक्ने अवस्था नभएका कारण सहज रहेको क्षेत्रबाट काम अगाडि बढाउन आग्रह गर्नुभयो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago