भर्खरै

व्यवसायी पलायन हुने क्रम रोकिएन

  • प्रकाशित मिति : मंगल, मंसिर २६, २०८०
  • - विद्युत संसार
title
मध्यविन्दु (नवलपरासी), २६ मङ्सिर । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा व्यापारिक प्रयोजनमा प्रयोग भइरहेका सटर खाली हुने क्रम बढेको छ । पछिल्लो समय आर्थिक सङ्कटका कारण व्यवसायी पलायन हुने क्रम बढेसँगै मुख्य बजारका सटर खाली हुन थालेका हुन् ।
 
आर्थिक गतिविधि सुस्त हुँदा व्यापार व्यवसायबाट पलायन हुनेको सङ्ख्या बढ्दै गएको नवलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष बैकुण्ठप्रसाद अर्यालले बताउनुभयो । “घरधनीको भाडा वृद्धि, बैङ्कको उच्च ब्याजदर र  ऋणको किस्ता तिर्न नसक्दा २५ देखि ३० प्रतिशत व्यावसायिक सटर खाली भएका छन्,” उहाँले भन्नुभयो, “व्यापार राम्रोसँग नहुँदा बालबच्चा पढाउन नसक्ने अवस्थामा पुगेपछि धेरै जना व्यवसाय छाडेर वैदेशिक रोजगारीमा गएकाले पनि सटर खाली भएका हुन् ।” 
 
खाद्यान्न किरानासँगै अत्यावश्यक व्यवसाय चले पनि अन्य व्यवसायमा कारोबार न्यून रहेकाले सरकारले तत्काल अहिलेको समस्या समाधान गर्न आवश्यक रहेको अध्यक्ष अर्यालले बताउनुभयो । जिल्लाका अन्य बजारको तुलनामा कावासोतीमा व्यवसायी पलायन हुने क्रम बढी छ । बैङ्कको ब्याजका कारण मारमा परेका व्यवसायी बजारमा ग्राहक नै आउने क्रम घटेसँगै पलायन हुने क्रम बढेको अध्यक्ष अर्यालले बताउनुभयो । 
 
व्यवसायी पलायन हुने क्रममा जिल्लाको मध्यविन्दु नगरपालिकामा समेत बढ्दै गएको छ । १५ देखि २० प्रतिशतको हाराहारीमा व्यवसायी पलायन भएका मध्यविन्दु उद्योग वाणिज्य सङ्घका अध्यक्ष किरण श्रेष्ठले बताउनुभयो । “व्यापार हुन छोडेपछि व्यवसायी पलायन हुन थालेका छन्”, उहाँले भन्नुभयो । 
 
व्यवसायी पलायनको समस्या देवचुली नगरपालिकामा पनि उस्तै छ । देवचुली उद्योग वाणिज्य सङ्घका अध्यक्ष सूर्यप्रसाद दवाडीले देवचुलीमा पलायन हुने व्यवसायी ३० प्रतिशतभन्दा बढी रहेको बताउनुभयो । “झण्डै ३० प्रतिशतले व्यवसाय छोडेका छन्,” उहाँले भन्नुभयो । वित्तीय संस्थाको ब्याजका कारणले व्यवसायी निरन्तर पलायन हुँदै गएको उद्योग वाणिज्य सङ्घ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले बताउनुभयो । बैङ्क तथा वित्तीय संस्थाले ब्याजका लागि ताकेता बढाइरहेको तर व्यापार ठप्प भएकाले यस्तो अवस्था आएको उहाँको भनाइ छ । 
 
बैङ्क तथा वित्तीय संस्थाको ताकेताका कारण व्यवसायबाट पलायन हुनेको सङ्ख्या बढ्न थालेको अध्यक्ष भट्टचनको भनाइ छ । अर्थतन्त्रमा देखिएको समस्याले व्यावसायिक मन्दी बढिरहँदा नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा नयाँ व्यवसाय दर्ता गर्ने दरमा समेत कमी आएको छ । आर्थिक वर्ष २०७९/८० मा जिल्लामा तीन हजार पाँच सय ९४ उद्योग दर्ता भएका थिए भने आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा ७० उद्योग दर्ता भएको पर्यटन तथा उद्योग कार्यालय नवलपुरका अध्यक्ष नगेन्द्र पौडेलले बताउनुभयो । आर्थिक वर्ष २०७९/८० मा जिल्लामा दुई हजार दुई सय ९१ उद्योग नवीकरण भएकामा चालु आवको पहिलो तीन महिनामा एक सय ९५ वटा मात्रै उद्योग नवीकरण भएका छन् ।  

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago