भर्खरै

चिसो मौसममा भुकम्पबाट प्रभावित स्थानियलाई महासंघको इलेक्ट्रिक सामग्री वितरण

  • प्रकाशित मिति : आइत, पौष १, २०८०
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, १ पुस । नेपाल विद्युतीय व्यवसायी महासंघ, वाग्मती प्रदेश समितिले जाजरकोट भुकम्पबाट प्रभावित स्थानियलाई इलेक्ट्रिक हिटर र इलेक्ट्रिक पानी तताउने जग वितरण गरेको छ । 
 
सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मंसिर २९ गते शुक्रबार महासंघका अध्यक्ष रेशम प्रसाद देवकोटाको प्रमुख अतिथ्यतामा सामग्री हस्तान्त्ररण गरिएका महासंघले जनाएको छ । 
 
जाजरकोट केन्द्रविन्दु बनाएर कार्तिक १७  गते राति गएको भुकम्पबाट प्रभावित जाजरकोट, भेरी नगरपालिका वडा नम्बर १ को दलित बस्ती कोल्चौर टोलमा ६० घरधुरी एवं भेरी नगरपालिका वडा नम्बर ४ का ४० घरधुरी भुकम्प पिडितलाई न्यानो बनाउने उदेश्यले वडा कार्यालयको रोहवरमा सामग्री हस्तान्त्ररण गरिएको हो ।
 
राहत वितरण कार्यक्रममा महासंघका बागमती प्रदेश संयोजक सरोज कुमार रेग्मीले इलेक्ट्रिक हिटर र इलेक्ट्रिक पानी तताउने जग वितरण गर्नुभयो । राहत वितरण कार्यक्रममा नेपालगन्ज इलेक्ट्रिकल एसोसिएशनका उपाध्यक्ष दामोदर सापकोटाको समेत सहभागीता रहेको थियो ।
 
कार्यक्रम आयोजना गर्न महासंघको बागमती प्रदेशमा रहेका काठमाडौं विद्युतीय व्यवसायी संघ, विद्युत व्यवसायी संघ(चितवन, पूर्वी चितवन विद्युत व्यवसायी संघ, ललितपुर इलेक्ट्रिकल एसोसिएशन, मकवानपुर विद्युतीय व्यवसायी संघबाट सहयोग प्राप्त भएको महासंघले जनाएको छ ।
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago