भर्खरै

चिसो मौसममा भुकम्पबाट प्रभावित स्थानियलाई महासंघको इलेक्ट्रिक सामग्री वितरण

  • प्रकाशित मिति : आइत, पौष १, २०८०
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, १ पुस । नेपाल विद्युतीय व्यवसायी महासंघ, वाग्मती प्रदेश समितिले जाजरकोट भुकम्पबाट प्रभावित स्थानियलाई इलेक्ट्रिक हिटर र इलेक्ट्रिक पानी तताउने जग वितरण गरेको छ । 
 
सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मंसिर २९ गते शुक्रबार महासंघका अध्यक्ष रेशम प्रसाद देवकोटाको प्रमुख अतिथ्यतामा सामग्री हस्तान्त्ररण गरिएका महासंघले जनाएको छ । 
 
 
जाजरकोट केन्द्रविन्दु बनाएर कार्तिक १७  गते राति गएको भुकम्पबाट प्रभावित जाजरकोट, भेरी नगरपालिका वडा नम्बर १ को दलित बस्ती कोल्चौर टोलमा ६० घरधुरी एवं भेरी नगरपालिका वडा नम्बर ४ का ४० घरधुरी भुकम्प पिडितलाई न्यानो बनाउने उदेश्यले वडा कार्यालयको रोहवरमा सामग्री हस्तान्त्ररण गरिएको हो ।
 
 
राहत वितरण कार्यक्रममा महासंघका बागमती प्रदेश संयोजक सरोज कुमार रेग्मीले इलेक्ट्रिक हिटर र इलेक्ट्रिक पानी तताउने जग वितरण गर्नुभयो । राहत वितरण कार्यक्रममा नेपालगन्ज इलेक्ट्रिकल एसोसिएशनका उपाध्यक्ष दामोदर सापकोटाको समेत सहभागीता रहेको थियो ।
 
 
कार्यक्रम आयोजना गर्न महासंघको बागमती प्रदेशमा रहेका काठमाडौं विद्युतीय व्यवसायी संघ, विद्युत व्यवसायी संघ(चितवन, पूर्वी चितवन विद्युत व्यवसायी संघ, ललितपुर इलेक्ट्रिकल एसोसिएशन, मकवानपुर विद्युतीय व्यवसायी संघबाट सहयोग प्राप्त भएको महासंघले जनाएको छ ।
 

प्रतिक्रिया