भर्खरै

आगामी चैतमा सूचना प्रविधि सम्मेलन गर्दै काठमाडौँ महानगरपालिका

  • प्रकाशित मिति : मंगल, पौष ३, २०८०
  • - विद्युत संसार
title
काठमाडौँ  ३ पुस । काठमाडौँ महानगरपालिकाले आगामी चैतमा ‘सूचना प्रविधि सम्मेलन’ आयोजना गर्ने भएको छ । महानगरवासीलाई सरल, सहज र सूचना प्रविधिमा आधारित सेवा प्रदान गर्नका लागि सम्मेलन आयोजना गर्न लागिएको कामपाको प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो ।  
 
कामपा सूचना प्रविधि समिति संयोजनसमेत रहनुभएका मानन्धरका अनुसार सम्मेलनमा आविष्कार, नवीनतम् सोच र प्रविधिलाई सम्मेलनमार्फत कसरी जोड्न सकिन्छ, युवा, साझेदार र अन्तर्राष्ट्रिय समुदायलाई कसरी सहभागी गराउन सकिन्छ भन्ने विषय मुख्यरुपमा रहनेछन् ।    
 
“जिम्मेवार, पारदर्शी, उत्तरदायी, सरकार बन्न कामपाले प्राप्त गरेका उपलब्धिलाई संस्थागत र सिकाइलाई प्रवद्र्धन गर्न, नयाँ आविष्कारलाई ग्रहण गर्न कामपाले नीति, योजना र कार्यक्रम बनाउनु पर्नेछ”, प्रवक्ता मानन्धरले भन्नुभयो, “सम्मेलनले दिएको निचोड र सिफारिसहरु, काठमाडौँका जनता र नागरिकलाई प्रविधिमा आधारित गुणस्तरीय सेवा दिन, सेवाग्राहीलाई डिजिटल आचरण विकास गर्न आवश्यक पर्ने नीति निर्माणको आधार हुनेछ ।” नागरिकले अपेक्षा गरेको सेवाका लागि सरकारको प्रतिबद्धता देखाउन सम्मेलनले भूमिका खेल्ने महानगरको विश्वास छ ।
 
नीतिमा, शासनमा, सेवामा, समुदायमा डिजिटल समावेशीकरण प्रवद्र्धन गर्दै यसको पहुँच सामाजिक क्षेत्र, निजी व्यवसाय, उद्योग, उद्यमशीलता र वाणिज्य क्षेत्रमा समेत पुग्ने र साझेदारी विकास हुनेछ । सम्मेलनबाट यसका रणनीति तथा कार्यक्रम निर्माण हुनेछन् । यी विषयलाई सम्मेलन आयोजनाको उद्देश्यका रुपमा राखिएको छ ।  
 
शासन सञ्चालन गर्न तथा सेवा प्रदान गर्न सरकारले प्रयोग गरेका प्रविधि, सेवाग्राहीमा यसको पहुँच र प्रयोग, साझेदार सरकार तथा कार्यालयबीचको अन्तरसम्बन्ध, प्रविधि प्रयोग तथा विस्तार सम्मेलनका प्रस्तुतीकरण तथा छलफलका विषय रहने बताइएको छ । प्रविधिले प्रदान गरेका परिवर्तित अवसरमा वर्तमान सम्भावनाजस्ता विषयमा विशेषज्ञ र साझेदारहरूबीच समूहगत छलफल तथा अन्तरक्रियात्मक कार्यशाला सम्मेलनका कार्यक्रममा समेटिने बताइएको छ । प्रविधिहरूको व्यावहारिक प्रयोग, पेसाकर्मी, उद्यमी, युवा तथा सरकारी संयन्त्रका बीच क्षेत्रगत सञ्जाल निर्माण ९नेटवर्किङ० को अवसर सिर्जना गरिनेछ । 
 
सम्मेलनबाट कामपाले सरकार र प्रविधि प्रदायकहरू बीचको साझेदारी नजिक हुनाका साथै एकीकृत र कार्यान्वयनयोग्य दस्तावेज प्राप्त हुने विश्वास लिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago