भर्खरै

कार्यान्वयन हुने योजना समेटेर बन्दैछ १६ औँ योजना

  • प्रकाशित मिति : बिही, पौष ५, २०८०
  • - विद्युत संसार
title
काठमाडौँ, ५ पुस । मुलुकको विकास निर्माण प्रक्रियामा नयाँ खोज्ने र कार्यान्वयन हुने खालका मात्रै योजना छनोट गर्ने उद्देश्य राखेर राष्ट्रिय योजना आयोगले १६ औँ योजनाको तयारी गरिरहेको जनाएको छ ।
 
आयोजना कार्यान्वयनका क्रममा के कस्ता समस्या देखिए, समाधानका लागि गरिएका प्रयास प्रभावकारी भए वा भएनन्  यी र यस्तै प्रश्नको उत्तर खोज्दै जनअपेक्षा सम्बोधन गर्ने गरी नयाँ योजनाको तयारी भइरहेको आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
 
आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष श्रेष्ठ १६ औँ योजना तर्जुमा सम्बन्धमा हालसम्म सम्पादन भएका कार्य, योजनाको मस्यौदामाथि प्राप्त भएका मुख्य सुझाव तथा वस्तुनिष्ठ योजना बनाउनका लागि अवलम्बन गर्नुपर्ने उपायका बारेमा जानकारी दिनुभयो ।
 
विकास निर्माणको काम प्रभावकारी हुन नसक्नुको पछाडि अन्तर सरकारी निकायबीचको समन्वयको अभाव देखिएको, वन क्षेत्रको जग्गा प्रयोग तथा भूमि प्राप्ति र जनशक्तिको उपलब्धतालगायतका अनेकन कारण, त्यसको समाधान खोज्ने लक्ष्यका साथ नयाँ योजनाको तयारी भइरहेको उहाँको भनाइ छ ।
 
सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा समेत नयाँपनको खोजी गर्न लागिएको र त्यसको सुरुआत आगामी आर्थिक वर्षदेखि नै कार्यान्वयनमा जाने उपाध्यक्ष डा श्रेष्ठको कथन छ । “प्रधानमन्त्रीले पनि केही नयाँ गरौँ भन्ने सोच राख्नुभएको छ । सोहीअनुसार हामीले आवश्यक प्रबन्ध गरिरहेका छौँ । कानुनी सुधार गर्नुपर्ने भए त्यसका लागि पनि आवश्यक तयारी भइरहेको छ”, उहाँले भन्नुभयो ।
 
आयोगले सोह्रौँ योजनाको अन्त्यसम्म मुलुकको कूल गार्हस्थ्य उत्पादन ९जिडिपी० रु ८० खर्ब बराबरको बनाउने लक्ष्य राखेको छ । त्यसका लागि सरकार, निजी क्षेत्रका तर्फबाट के कस्तो लगानी र तयारी आवश्यक रहेको भन्ने बारेमा छलफल अन्तिम चरणमा रहेको जनाएको छ । निजी क्षेत्रले सन् २०३० सम्म जिडिपी कूल रु एक सय खर्ब बराबरको हुने प्रक्षेपण गरेको छ । 
 
सरकार र निजी क्षेत्रले सार्वजनिक गरेको विवरण एक आपसमा मिल्ने खालको नै रहेको जानकारी दिँदै उहाँले पूर्वाधार क्षेत्रमा गरिएको लगानीले दिगोपन दिने बताउनुभयो । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भए पनि सञ्चालनमा आउन नसकेको भनेर तत्काल निराश हुनुपर्ने अवस्था नभएको उल्लेख गर्दै उहाँले त्यसबाट क्रमशः लाभ हासिल हुने स्पष्ट पार्नुभयो ।
 
सन् २०१९ मा झण्डै १२ लाख पर्यटकले नेपाल भ्रमण गरेको तथ्य पेश गर्दै उहाँले सन् २०२४ मा उक्त नयाँ रेकर्ड बन्ने बताउनुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा चलाउँदा पर्यटकको आवागमन बढेको विवरण पेश गर्दै उहाँले भैरहवा र पोखरा विमानस्थल सञ्चालनमा आउँदा त्यसले थप पर्यटन भित्र्याउन सहयोग पु¥याउने बताउनुभयो ।
 
सन् २०२६ मा नेपाल अल्पविकसित देशबाट विकासोन्मुख देशमा स्तरोन्नति हुँदा त्यसले लगानी भित्र्याउन थप सहयोग पुग्ने जानकारी दिँदै उपाध्यक्ष श्रेष्ठले नकारात्मक प्रचार गरेर तथ्यलाई ओझेलमा पार्न नहुने स्पष्ट पार्नुभयो । “त्यसको नकारात्मक पक्षका बारेमा मात्रै चर्चा भएको छ । सकारात्मक पक्ष धेरै छ । यसका बारेमा आयोगले अध्ययन पनि गरेको छ । आवश्यक तयारी पनि गरेको छ”, उपाध्यक्ष श्रेष्ठले भन्नुभयो ।
 
प्रदेश सरकारलाई थप बलियो बनाउनुपर्नेमा जोड दिँदै उपाध्यक्ष श्रेष्ठले सङ्घीय सरकारका तर्फबाट बनाइदिनुपर्ने ऐन, कानुन समयमा पूरा भए त्यसबाट प्रदेश अपेक्षित रुपमा सबल बन्ने उहाँको भनाइ छ । प्रदेश सरकारलाई कूल बजेटको ४० प्रतिशत उपलब्ध गराउनुपर्नेमा हालसम्म २९ प्रतिशत मात्रै उपलब्ध भएको, आवश्यक कानुन नभएका कारण प्रभावकारी कार्यसम्पादन गर्न नसकेको तथ्यलाई आत्मसात् गरेर जानुपर्ने उहाँको भनाइ छ ।
 
मन्त्रिपरिषद्ले आयोगको सिफारिसमा आयोजना वर्गीकरणको आधार तथा मापदण्ड–२०८० स्वीकृत गरिसकेको छ । यसबाट सङ्घ, प्रदेश तथा स्थानीय तहमा सञ्चालन हुने आयोजनाको वर्गीकरणको आधार तथा मापदण्ड निर्धारण भएको छ । त्यसबाट आयोजनामा हुन सक्ने दोहोरोपनको समस्या अन्त्य हुने विश्वास लिइएको छ । 
 
सामाजिक सुरक्षाका क्षेत्रमा सङ्घ, प्रदेश र स्थानीय तहबाट विभिन्न खालका सामाजिक सुरक्षा कार्यक्रम अगाडि बढाइएकाले त्यसमा एकरुपता ल्याउने प्रयास गरिएको उपाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । आयोगले बजेट तर्जुमादेखि संसद्मा बजेट भाषण गर्नेसम्मका कार्य तालिकालाई प्रणालीगत सुधार गर्ने  कार्यविधि तयार भई मन्त्रिपरिषद्मा पुगेको जनाएको छ ।
 
आयोगका सदस्य डा रामकुमार फुयाँलका अनुसार बजेट निर्माण प्रक्रियालाई परिमार्जन गर्ने उद्देश्यका साथ आयोग, अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कोको एउटा समूहले उक्त कार्यविधि तयार पारेको हो ।
 
प्रस्तावअनुसार अब राष्ट्रिय स्रोत अनुमान समितिको बैठक माघ १५ गते बस्छ र बजेट सिलिङ सोही महिना दिइनेछ । आयोगले आगामी आवका लागि बजेट तर्जुमा गर्न सबै निकायलाई पत्र पठाइसकेको छ । सोहौँ योजना आगामी माघमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।  

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago