भर्खरै

गण्डकी गाउँपालिकाको कार्यालयमा नेकपा एमालेद्वारा ध्यानाकर्षण पत्रसहित

  • प्रकाशित मिति : सोम, पौष १६, २०८०
  • - भीमलाल श्रेष्ठ
title
 
गोरखा । नेकपा एमाले गण्डकी गाउँपालिका कमिटीले गण्डकी गाउँपालिकाको समग्र विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषिलगायतका विषयमा ध्यानाकर्षण गराएको छ । आज पार्टीका गण्डकी गाउँपालिका कमिटीका अध्यक्ष विष्णु पन्तको नेतृत्वमा गएको टिमले गाउँपालिकाका अध्यक्ष दिपक तिमिल्सिना संग भेटघाट गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।
 
एमालेले गाउँपालिका अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाउँदै विद्यार्थी संख्याको आधारमा शिक्षक दरबन्दी मिलान गर्नुपर्ने, प्रत्येक विद्यालयमा सम्बन्धित तहको प्रधानाध्यापकको व्यवस्था गर्नुपर्ने, प्राविधिक तथा व्यवसायिक विद्यालयमा आवश्यक पूर्वाधारहरुको व्यवस्था गरिनुपर्र्नेे जस्ता माग राखेका छन । त्यस्तै कृषि क्षेत्रको बालि बिमा तथा पशुपन्छी बिमा कार्यक्रम संचालन गर्नुपर्ने, कृषि आधुनिकिकरण र व्यवसायिकरणको लागि योजना बनाउनुपर्ने, कृषि उपजको न्यूनतम समथर्न मूल्यतोकी बजार मूल्य नपाएमा क्षतिपूर्तीको व्यवस्था गर्नुपर्ने,विकाश निर्माण तर्फ पालिकाको आफ्नो स्रोतमा र प्रदेश वा संघिय सरकाररको साझेदारीमा संचालन हुने विकास आयोजना पारदर्शी हुनुपर्ने,बोलपत्र आव्हान गर्दा कर्मकाण्डी नगरि सवैलाई प्रतिपस्र्धामा सहभागि हुने अबसर प्रदान गर्नुपर्ने,उपभोत्ता समिति गठनगर्दा आम उपभोक्ताहरुको भेला गरि उपभोक्ताहरुको रोहबरम चयन गर्नुपर्ने,विकाश आयोजना सम्पन्न भईसकेपछि सार्वजानिक सुनवाई गरि आय व्यय बिबरण प्रस्तुत गरी अनुमोदन गर्नुपर्ने र यसका आधारमा पालिकाले भूक्तानी दिनुपर्ने,विकास आयोजना छनौट गर्दा राजानितीक आग्रह वा पूर्वाग्र नभई  भूगोल, जनसंख्या,आवश्यकता र सभ्भाब्यता लाई आधार मान्नुपर्ने,विकाश निर्माणका कार्यहरुगर्दा ठेक्का पट्टा प्रणली भन्दा उपभोक्ता समिति मार्फत गराउने कार्यलाई प्रोत्साहान गराउनुपर्ने त्यस्तैगरी कर तथा सेवा क्षेत्रमा करको दायरा वृद्धि गनुपर्नेमा करको दरमा अत्याधिक वृद्धि गरिएका बिषयमा ध्यानाकर्षण गराएको छ ।
गण्डकी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटीले ध्यानाकर्षण पत्रले हामीलाई सजक र सहजता प्रदान गरेको, स्थानीय वडा तह बाट आएको अनुदान आधारित कार्यक्रम  र भुमि वर्गिकरण सम्बन्धि वडागत  निर्णयहरुको आधारमा करहरु समावेश गरिएको समेत बताए ।
त्यस्तैगरी  गण्डकी गाउँपालिका  अध्यक्ष दिपक तिमिल्सिनाले  विकाश निर्माणमा नेकपा एमाले गण्डकी गाउँपालिका कमिटीले देखाएको चासो र चिन्ताप्रति सद्धभाव राख्दै स्वागतगेग्य कदमको सराहाना गर्दै यस कार्यले गण्डकी गाउँपालिकाको सम्रग विकास र समृद्धिको लागि कोसेढङ्गुा साबित हुने बताए । साथै आगामी दिनहरुमा यस्तै सल्लाह तथा सुझावको अपेक्षाका साथ नेकपा एमाले गण्डकी गाउँपालिका टिमलाई धन्यवाद व्यक्त गर्नुभयो ।
ध्यानाकर्षण पत्रको नमुना जस्ताको तेस्तै ः
 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago