भर्खरै

नेपाल उद्योग परिसङ्घ र अमेरिकन चेम्बर अफ कमर्शबीच समझदारी

  • प्रकाशित मिति : मंगल, पौष १७, २०८०
  • - विद्युत संसार
title
काठमाडौँ, १७ पुस । नेपाल उद्योग परिसङ्घ (सिएनआई) र अमेरिकन चेम्बर अफ कमर्श (एमच्याम) बीच लगानी अभिवृद्धि तथा नेपाल र अमेरिकाबीच व्यावसायिक वातावरण सुदृढ बनाउन सहकार्य गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
 
नेपाल उद्योग परिसङ्घको कार्यलयमा आज आयोजित कार्यक्रममा परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल र अमेरिकन चेम्बर अफ कमर्शका अध्यक्ष निर्मलकाजी श्रेष्ठले समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो । 
 
परिसङ्घका अध्यक्ष अग्रवालले यस सहकार्यले नेपाल र अमेरिकालाई व्यावसायिक रुपमा जोड्न पुलको काम गर्ने बताउनुभयो । उहाँले उक्त  सहकार्यले ज्ञान सीपको आदानप्रदान, नवप्रवर्तन तथा नयाँ सहकार्यका बाटोहरु खुला गर्ने, विश्वव्यापी बजारमा प्रतिस्पर्धा गर्न, विदेशी लगानी आकर्षित गर्न, औद्योगिक विकासका लागि योगदान गर्न मद्दत गर्ने उल्लेख गर्नुभयो ।
 
अमेरिकन चेम्बरका अध्यक्ष श्रेष्ठले उद्योगीको साझा संस्था परिसङ्घसँगको सहकार्यले अमेरिकी लगानी अभिवृद्धि गर्दै मुलुकको अर्थतन्त्रको विकासका लागि प्रभावकारी रुपमा काम गर्ने बताउनुभयो । समझदारीमा दुई संस्थाले नेपाल र अमेरिकाका उद्यमीबीच सम्पर्क विन्दुका रूपमा काम गर्ने, नेपालमा लगानी गर्न इच्छुक अमेरिकी लगानीकर्तालाई लगानीसम्बन्धी जानकारी दिने, पारस्परिक उद्देश्य पूरा गर्न नीतिगत सुधारको वकालत गर्ने गतिविधिमा सहकार्य गर्ने, नेपालमा अमेरिकी लगानी बढाउन रणनीतिक गतिविधि सञ्चालन गर्नेछन् ।
 
साथै बजारमा आधारित वित्तीय र गैरवित्तीय सेवामा पहुँच वृद्धि गर्दै प्रविधिका क्षेत्रका लागि लगानी र व्यवसाय वातावरण सुधारमा काम गर्ने समझदारीपत्रमा उल्लेख छ । सो अवसरमा परिसङ्घका उपाध्यक्ष अमित मोर, पदाधिकारी सदस्य सन्दीप सारडा, अमेरिकन चेम्बर अफ कमर्शका पदाधिकारीको सहभागिता थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago