भर्खरै

नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठक सुरु

  • प्रकाशित मिति : बिही, पौष १९, २०८०
  • - विद्युत संसार
title

काठमाडौँ, १९ पुस । नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठक यहाँ सुरु भएको छ । 
 
बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री डा एस जयशङ्करले आ(आफ्नो देशको प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको छ । बैठकमा द्विपक्षीय सहकार्य र आपसी हितका विविध विषयमा समीक्षा र छलफल हुने जनाइएको छ । 
 
भारतीय विदेशमन्त्री डा जयशङ्कर दुई दिने भ्रमणका क्रममा आज नेपाल आइपुग्नुभएको हो ।

प्रतिक्रिया