भर्खरै

कालीगण्डकी र म्याग्दी नदी किनारका सिमसार क्षेत्र नासिँदै

  • प्रकाशित मिति : आइत, पौष २२, २०८०
  • - विद्युत संसार
title
गलेश्वर (म्याग्दी), २२ पुस । अत्यधिक नदी दोहन, सडक विस्तार, जनसङ्ख्या वृद्धिसँगै अव्यवस्थित बसोबास र विकास निर्माणले कालीगण्डकी र म्याग्दी नदी किनारको सिमसार क्षेत्र मासिँदै जान थालेको छ ।
 
वातावरणीय मूल्याङ्कनविना नै जथाभावी खनिएका सडक, सिमसारका जग्गा अतिक्रमण, जलवायु परिवर्तन र बढ्दो औद्योगिकीकरणले सिमसार क्षेत्र सुक्खा र उजाड बन्दै गएको सरोकारवालाले बताएका छन् ।
 
सिमसार क्षेत्र मासिन थालेपछि त्यहाँ आहारा नपाएर रैथाने जातका चरा, जलचर प्राणी र स्थानीय जातका वनस्पति तथा आनुवांशिक स्रोतसमेत हराउन थालेको डिभिजन वन कार्यालय जनाएको छ ।
 
सिमसारको दिगो संरक्षण तथा व्यवस्थापन गर्नसके कृषि, सिँचाइ, वातावरण, ग्रामीण पर्यटन, जैविक विविधता, जनावरको संरक्षण, स्थानीयवासीका लागि आयआर्जनको माध्यम, स्थानीय तहको अर्थतन्त्र मजबुत  हुने डिभिजन वन कार्यालयका चन्द्रमणि सापकोटाले बताउनुभयो ।
 
बढ्दो सहरीकरण, यातायात, अव्यवस्थित विकास निर्माणले सिमसार क्षेत्र व्यवस्थापनमा धेरै चुनौती थपिएको उहाँको भनाइ छ । जिल्लाका मुख्य सिमसार क्षेत्र खयरवराही ताल, बराहा दल, कालीगण्डकी, म्याग्दी नदी, रघुगङ्गा खोलालगायत हुन् ।
 
सिमसार क्षेत्र पुरिँदै र नासिँदै जानुमा नदी÷खोलाबाट अव्यवस्थित तवरमा बालुवा, गिटी र ढुङ्गा निकाल्नु, डोजरको प्रयोग गरेर सडक खन्नु प्रमुख कारण रहेको सरोकारवालाहरुले बताएका छन् । गाउँघरमा पोखरी, दह, कुवा आदिको संरक्षण गर्ने प्रचलन प्राचीन समयदेखि रहँदै आए पनि पछिल्लो समय बढ्दो बसाइँसराइ, विकासका नाममा भित्रिएको डोजर संस्कृति आदिले धारा, कुवा, पँधेरा, पोखरी, वरपीपल आदिको संरक्षणमा चासो घट्दै गएको मङ्गला गाउँपालिका–२ का हरिकृष्ण पौडेलले बताउनुभयो ।
 
मानवीय अतिक्रमण र वातावरणीय प्रदूषणले म्याग्दी र कालीगण्डकी नदीको अस्तित्व सङ्कटमा पर्दै गएको वातावरण संरक्षणकर्मीको भनाइ छ । डोजर र स्काभेटरले जथाभावी उत्खनन गर्दा कालीगण्डकी नदीको जलचक्र प्रणाली नै खलबलिँदै गएको छ । बालुवा, ढुङ्गाजस्ता नदीजन्य पदार्थको अनियन्त्रित उत्खननले नदीले आफ्नो मौलिक र प्राकृतिक धार परिवर्तन गर्नाका साथै त्यहाँका जलचर प्राणी बसाइँ सर्दै गएपछि नदीको जलचक्र प्रणाली नै खलबलिएको वातावरणविद् चन्द्रकान्त घिमिरेले बताउनुभयो ।  
 
राज्यले प्रभावकारी कदम चाल्न नसक्दा नदीको दोहन, उत्खनन, अतिक्रमण र नदीजन्य पदार्थको चोरी निकासीले दुर्लभ शालिग्राम सङ्कटमा परेका उहाँको भनाइ छ । पहिलेको जस्तो कालीगण्डकी नदीमा शालिग्राम पाइन छाडेको छ । 
 
नदीको जलचक्र प्रणालीमा परिवर्तन हुँदा प्राकृतिक र मानवीय सङ्क बढ्दै गएको छ । नदीले मौलिक धार परिवर्तन गर्दा बाढीपहिराले तटीय बस्ती जोखिममा पर्दै जान थालेका छन् । नदी साविककोभन्दा गहिरो र साँघुरो बन्दै गएको बेनी बजारका ज्येष्ठ नागरिक नैनकुमार श्रेष्ठले बताउनुभयो । आठसय १४ किमी लामो कालीगण्डकी नदमध्ये झण्डै पाँच सय किमी भाग नेपालमा बग्दछ भने तीन सय किमी भाग भारतमा बग्दै गङ्गा नदीमा समाहित भएर बङ्गालको खाडीमा पुग्दछ । 
 
कालीगण्डकी आसपास रहेका विभिन्न तीर्थस्थल, धाम, घाट र मानवबस्तीलाई अध्ययन गर्दा यसको सभ्यता पनि वैदिककालसँग जोडिएको विश्वास गरिन्छ । यो नदी धार्मिक, सांस्कृतिक, ऐतिहासिक, आर्थिक तथा पर्यटकीय दृष्टिले पनि ठूलो महत्वको छ । कालीगण्डकी किनारको धेरै ठाउँमा घना मानवबस्ती, व्यापारिक केन्द्र र विभिन्न पुराणमा वर्णन गरिएअनुसारका धार्मिक क्षेत्र रहेकाले कालीगण्डकीको सभ्यता निकै पुरानो सभ्यता मानिने पं नीलकण्ठ आचार्यले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago