भर्खरै

अवैध रुपमा सञ्चालित विद्युतीय रिक्सा माथि उपमहानगरपालिकाले चलायो स्काभेटर

  • प्रकाशित मिति : बुध, पौष २५, २०८०
  • - विद्युत संसार
title
खजुरा (बाँके), २५ पुस । नेपालगञ्ज उपमहानगरपालिकाले नियन्त्रणमा लिएका अवैध रुपमा सञ्चालित ई–रिक्सा नष्ट गर्न सुरु गरेको छ । लामो समयदेखि ई–रिक्सा व्यवस्थापनमा लागेको उपमहानगरपालिकाले आवश्यक कागजात र वैधता पुष्टि गर्न नसकेका ई–रिक्सा नष्ट गर्न थालेको हो ।
 
गत मङ्सिर १९ गतेदेखि अवैध रुपमा सञ्चालित ई–रिक्सा नियन्त्रण अभियान थालेको उपमहानगरपालिकाले मङ्गलवार पाँच ई–रिक्सा नष्ट गरेको छ । आवश्यक कागजात नभएका ती ई–रिक्सा प्राविधिक जाँच गरी स्काभेटरले तोडफोड गरी नष्ट गरिएको हो । 
 
नष्ट गरिएका ई–रिक्सामा भे १ स ५४९८, भे १ स ८७५१, भे १ स ४८, भे १ स १५३१ र गाविस ०२ नम्बरका रहेका नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले बताउनुभयो । यातायात कार्यालय बाँकेका मेकानिकल सुपरभाइजर सुशील शर्माले ई–रिक्सा धनी तथा चालककै रहोवरमा कागजात अद्यावधिक भए÷नभएका, चेसिज नम्बर मिले÷नमिलेको वा भए÷नभएको प्राविधिक जाँच गर्नुभएको थियो । 
 
 उपमहानगरपालिकाले ई–रिक्सा नियन्त्रण गर्नुअघि पटक–पटक प्रक्रिया पु¥याउन आग्रह गरेको थियो । नियन्त्रणमा लिइसकेपछि पनि १५ दिने सूचना जारी गरेर ई–रिक्साका कागजपत्र अद्यावधिक गर्न समय दिइएको थियो । 
 
नगर प्रमुख प्रशान्त विष्टले नगरमा अवैध रुपमा सञ्चालित ई–रिक्सा पूर्णरूपमा सञ्चालनमा प्रतिबन्ध लगाउने अभियानमा उपमहानगरपालिका दृढ भएर लागेको बताउनुभयो । “हामीले पटक–पटक भनेको हौँ, अद्यावधिक गर्न समय पनि दिएका थियौँ, नियन्त्रणमा लिइएका धेरै ई–रिक्साले आवश्यक कागजात अद्यावधिक गरेपछि हामीले छाडेका छौँ, अवैध सञ्चालित ई–रिक्सा हामीले नष्ट गर्न सुरु गरेका छौँ”, नगर प्रमुख विष्टले भन्नुभयो, “अब हामी निरन्तर अगाडी बढ्छौँ, नीति नियम र कानुन भन्दा बाहिर गएर चल्ने छुट कसैलाई छैन ।”
 
 उपमहानगरपालिकाले हालसम्म छ सय २३ ई–रिक्सा नियन्त्रण लिएको छ । तीमध्ये आवश्यक कागजात र प्रक्रिया पु¥याएपछि पाँच सय ३८ ई–रिक्सा फिर्ता भएका छन् । अझै पनि ८५ ई–रिक्सा नियन्त्रणमै छन् । ती ई–रिक्सामाथि पनि छानविन भइरहेको नगर प्रहरी प्रमुख बोगटीले बताउनुभयो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago