भर्खरै

नेपाल विद्युतीय व्यवसायी महासङ्घको वार्षिक साधारण सभा माघ २७ गते हुदैँ

  • प्रकाशित मिति : मंगल, माघ २, २०८०
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, २ माघ । नेपाल विद्युतीय व्यवसायी महासङ्घको चौधौं वार्षिक साधारण सभा हुने भएको छ ।
 
महासङ्घले एक सूचना जारी गर्दै माघ २७ गते शनिबार ग्यालेक्सी गार्डेन रिसोर्ट नारायणगढ भरतपुरमा हुने जानकारी दिएको छ । महासङ्घको कार्यकारिणी समितिको पुष २६ गते सम्पन्न नियमित छैंठौ बैठकले सो निर्णय गरेको हो । 
 
नेपाल विद्युतीय व्यवसायी महासंघ, देशको औद्योगिक एवं वाणिज्य क्षेत्रको सर्वाङ्गीण विकास तथा विद्युत क्षेत्रीय प्रत्यक्ष संलग्न भइ यस क्षेत्रसँग प्रत्यक्ष तथा परोक्ष रुपमा संलग्न पेशागत व्यवसायीहरूको समग्र विकास प्रति समर्पित रहेको संस्था हो ।
 
नेपाल भरमा २२ जिल्लारनगर सङ्घहरू एवं ७५ एसोसिएट सदस्यहरू रहेको विद्युतीय व्यवसायीहरूको छाता संस्था नेपाल विद्युतीय व्यवसायी महासङ्घले आफ्नो सदस्यको हकहितका लागि आवाज उठाउँदै अविभावकको भूमिका निर्वाह गर्दै आएको छ ।
 
महासङ्घको महासचिव एवं सदस्य सचिव चौधौं वार्षिक साधारण सभा, मूल आयोजक समितिका गोपाल अग्रवालको हस्ताक्षर सहितको सूचनामा कार्यक्रममा बिहान ७ः३५ बजे नै सुरु हुने जानकारी दिइएको छ । 
 
वार्षिक साधारण सभामा भाग लिने सबै प्रतिनिधिहरू (पदेन प्रतिनिधिहरू समेत)को लागि प्रतिनिधि शुल्क प्रति व्यक्ति बापत एक हजार रुपैयाँ लाग्नेछ । सूचनामा भनिएको छ । ‘साधारण सभामा पर्यवेक्षकको रुपमा सहभागी हुन चाहने व्यक्तिले प्रवेश शुल्क बापत पाँच हजार रुपैयाँ महासङ्घलाई बुझाउनु पर्ने छ एवं पर्यवेक्षकको रुपमा सहभागी हुने व्यक्तिले साधारण सभामा आफ्नो मत राख्न पाइने छैन ।’
 
नेपाल विद्युतीय व्यवसायी महासङ्घ द्धारा प्रकाशित सूचना

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago