भर्खरै

‘कर्णालीमात्र होइन, शिक्षाका समस्या देशैभरि छन्’

  • प्रकाशित मिति : शुक्र, माघ ५, २०८०
  • - विद्युत संसार
title
कर्णाली, ५ माघ । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले शिक्षाका समस्या देशैभरि भएको बताउनुभएको छ ।
 
शिक्षा पत्रकार कर्णाली प्रदेश समन्वय समिति सुर्खेतद्वारा बिहीबार वीरेन्द्रनगरमा आयोजित ‘कर्णालीका शैक्षिक सवालसम्बन्धी बहस तथा कर्णाली शिक्षापत्र’ विमोचन कार्यक्रममा मन्त्री पोखरेलले कर्णालीमा मात्र नभई शिक्षाका समस्या देशैभरि रहेका टिप्पणी गर्नुभएको हो । “शिक्षाको गुणस्तरमा ह्रास आउनुका कारण राजनीति हो”, उहाँले भन्नुभयो, “शिक्षासँग सम्बन्धित विभिन्न सङ्घसङ्गठनले बालबालिका र समुदायको हितमाभन्दा निहीत स्वार्थ पूरा गर्न राजनीति गर्दै आएका छन् ।”
 
सङ्घसङ्गठनमा लागेका शिक्षक नेताहरुले यहाँको शिक्षासँग सम्बन्धित मुद्दामा कुनै पनि सुझाव सल्लाह सरकारलाई नदिएको उहाँको भनाइ थियो । कर्णालीको शिक्षा अवस्था सुधारका लागि सरकारले आफ्नो प्रयास जारी राखेको बताउँदै मन्त्री पोखरेलले इच्छाशक्ति भएका प्रधानाध्यापकले दुर्गममा समेत नमुना काम गरेको जनाउनुभयो ।
 
सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारीले कर्णालीको शैक्षिक अवस्थाका विषयमा बहसभन्दा व्यवहार आवश्यक भएको प्रतिक्रिया दिनुभयो । “यहाँको शिक्षाको अवस्था कमजोर छ भन्ने हामी सबैलाई थाहा छ”, उहाँले भन्नुभयो, “अब यसको सुधार र थप विकास कसरी गर्न सकिन्छ भन्नेतर्फ सरकारले कार्यान्वयन पक्षलाई जोड दिनुपर्दछ ।”
 
कर्णाली प्रदेश योजना आयोगका सदस्य जीतबहादुर शाहले शिक्षामा बजेट घट्दो क्रममा रहेकाले पनि अपेक्षित प्रतिफल आउन नसकेको बताउनुभयो । उहाँले कर्णालीमा १२ हजार दरबन्दीमा कार्यरत शिक्षकमध्ये दुव्र्यसनीमा लागेका कति छन् भन्ने तथ्याङ्क आउनुपर्नेमा जोड दिँदै दलित नभई विपन्नलाई मात्र छात्रवृत्ति दिने नीति कर्णालीमा आवश्यक भएको औँल्याउनुभयो ।
सामाजिक विकास मन्त्रालयका सचिव डा भोजराज शर्मा काफ्लेले शैक्षिक क्षेत्रको विमर्शले सकरात्मक प्रभाव पार्ने बताउनुभयो । अहिले पठनपाठनका विषयमा बढी छलफल भएको बताउँदै सचिव काफ्लेले विषयवस्तुभित्र पस्न खोजेमा परिणाम अपेक्षित आउने जनाउनुभयो ।
 
मध्यपश्चिम विश्वविद्यालयका प्रा डा चन्द्रप्रकाश रिजालले शिक्षा क्षेत्रको कर्मकाण्डीय पद्धतिमा परिवर्तन गरेर अघि बढ्नुपर्ने तर्क गर्नुभयो । “अब हामीले पाठ्यक्रमको पुनःसंरचना र पाठ्यपुस्तकको पुनःलेखन गर्न आवश्यक छ”, प्रा डा रिजालले भन्नुभयो, “शिक्षामा हुने घुसपैठलाई पूर्णरुपले बन्द गर्नुपर्दछ ।”
 
उक्त कार्यक्रममा शैक्षिक योजना तथ्याङ्क तथा अनुसन्धान शाखाका प्रमुख बलवीर सुनारले कर्णालीको समग्र शैक्षिक अवस्था तथा सेभ द चिल्ड्रेनका शिक्षा व्यवस्थापक आत्मराम भट्टराईले शिक्षाका गुणात्मक वृद्धि, कर्णालीका शिक्षाका मुद्दाका बारेमा आफ्नो प्रस्तुति राख्नुभएको थियो । उक्त कार्यक्रममा ‘कर्णाली शिक्षापत्र’ विमोचन गरिएको थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago