भर्खरै

आगलागीमा एकको मृत्यु

  • प्रकाशित मिति : शुक्र, माघ ५, २०८०
  • - विद्युत संसार
title

लमजुङ, ५ माघ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ स्यागेमा घर आगलागीमा परेर एकको मृत्यु भएको छ । गए राति अचानक घरमा आगलागी हुँदा ४४ वर्षीया सन्तमाया श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । 
 
  मृतक श्रेष्ठका श्रीमान् ४५ वर्षीय राजेन्द्र श्रेष्ठ भने भागेर बाँच्न सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाइँले बताउनुभयो । स्थानीय र प्रहरीले आगो नियन्त्रण गर्ने प्रयास गरे पनि घरसमेत जलेर नष्ट भएको उहाँको भनाइ छ । 
 
श्रेष्ठ परिवार बेँसीसहर नगरपालिका–२ घर भई करिब ११ वर्षदेखि उक्त स्थानमा किराना र कपडा पसल सञ्चालन गर्दै आएको थियो । बाहिर फलामको खामोसहित सटर र  जस्तापाताको छानो रहेको घरका समान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 
 
क्षतिको मुचुल्का उठाउने कार्य भइरहेको छ । चारजनाको परिवार रहे पनि श्रीमान् र श्रीमती मात्रै बस्दै आएको र छोराछोरी काठमाडौँमा बस्दै आएको बताइएको छ । 

प्रतिक्रिया