भर्खरै

‘विद्युतीय सामग्री उत्पादन गरी विद्युत् खपत बढाउनुपर्ने’

  • प्रकाशित मिति : सोम, माघ ८, २०८०
  • - विद्युत संसार
title
मोरङ, ८ माघ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले विद्युतीय सामग्रीको उत्पादन गरी विद्युतको खपत वृद्धि गर्नुपर्नेमा जोड दिनुभएको छ । 
 
प्रदेश सरकारकाले विराटनगर, इटहरी र झापाको सुरुङ्गामा स्थापना गरेको विद्युतीय सवारी चार्जिङ स्टेसनको हिजो विराटनगरमा एकसाथ उद्घाटन गर्दै उहाँले विद्युत् प्रयोग हुने सामग्री स्वदेशमा उत्पादन गर्न उद्योगी समक्ष आग्रह गर्नुभयो । मुख्यमन्त्री कार्कीले उद्योग स्थापनाबाट प्रदेशमा रोजगारी सिर्जना भई पेट्रोलियम पदार्थको आयातबाट हुने व्यापारघाटा कम गर्न सहयोग पुग्ने धारणा राख्नुभयो । 
 
त्यस अवसरमा उहाँले भ्रष्टाचारका विषयमा कसैसँग कुनै किसिमको सम्झौता नगर्ने बताउँदै सरकार फरक ढङ्गले सुशासन कायम गर्ने कार्यमा अघि बढिसकेकाले इमानदारितापूर्वक जनताको पक्षमा काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँले यो सरकार जनताको आफ्नो सरकार हो भन्ने अनुभूति गराउन गरिब जनतालाई निःशुल्क खानेपानी उपलब्ध गराउन आवश्यक अध्ययन सुरु भइसकेको बताउनुभयो ।
 
मुख्यमन्त्री कार्कीले प्रदेशका गरिब जनताका छोराछोरीलाई निःशुल्क चिकित्सकशास्त्र अध्ययनका लागि आवश्यक व्यवस्था गर्ने आश्वासन दिँदै एक पालिका एक पशु तथा कृषि विषयमा अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गरेको जानकारी दिनुभयो ।
 
प्रदेश सरकार भौतिक पूर्वाधार तथा विकासमन्त्री कमलप्रसाद जबेगुले आगामी दिनमा सडकको पहुँच पुगेका पहाडी जिल्लामा चार्जिङ स्टेसन स्थापनाका लागि बजेटको व्यवस्था गर्ने बताउनुभयो ।
 
सो अवसरमा उक्त मन्त्रालयका सचिव अरुणकुमार झा, मन्त्रालयका महाशाखा प्रमुख मेघराज ज्ञवाली, कन्काई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, यातायात व्यवसायी सरोज श्रेष्ठले प्रदेशका अन्य स्थानमा स्टेसन स्थापना गरी मुलुकको व्यापार घाटामा सहयोग पु¥याउनुपर्ने विचार राख्नुभयो ।
 
मन्त्रालयले उक्त तीन स्थानमा रु एक करोड १४ लाखको लागतमा चार्जिङ स्टेसन निर्माण गरी सञ्चालनमा ल्याएको छ । स्टेसन ६० किलोवाट सिसिएस टू डिसी विद्युतीय सवारी साधन स्टेसन भएको मन्त्रालयका इन्जिनियर निश्चल पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago