भर्खरै

विद्युत् खपत बढाउन विद्युतीय चुलोको उपयोग बढाऔंः ऊर्जा मन्त्री बस्नेत

  • प्रकाशित मिति : बिही, माघ ११, २०८०
  • - विद्युत संसार संवाददाता/ भीमलाल श्रेष्ठ
title
काठमाडौं, ११ माघ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् खपत बढाउन विद्युतीय चुलोको उपयोग बढाउँनुपर्ने बताउनु भएको छ ।
 
विद्युतीय चुलो राष्ट्रिय अभियानको पाँचौँ वार्षिक उत्सवको अवसरमा ‘बढाऔँ विद्युतीय चुल्होको प्रयोग, पुर्‍याऔँ स्वास्थ्य सुधारमा सहयोग’ भन्ने सन्देश सहित विद्युतीय चुलो सम्बन्धी आज स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुरमा आयोजित छलफलमा मन्त्री बस्नेतले आर्थिक, सामाजिक र वातावरणीय दृष्टिले विद्युतीय चुलो हरेक नेपालीका लागि उपयोगी छ भन्नुभयो ।
 
देशको समृद्धिको  आधार जलविद्युत् भएकाले अधिकभन्दा अधिक ऊर्जा उत्पादनलाई सरकारले जोड दिएको बताउनुभयो । ऊर्जामन्त्री बस्नेतले राष्ट्रिय चुलो अभियानलाई सफल बनाउन निजी क्षेत्रलाई पनि अनुदान र सहुलियत दिएर सहभागी गराउनुपर्ने बताउनुभयो ।
 
 
ऊर्जामन्त्री बस्नेतले विद्युतीय चुलो राष्ट्रिय अभियानले नेपालको विद्युत खपत बढाउन ठूलो योगदान दिएको बताउनु हुदैँ उहाँले यस्ता अभियान आफैमा महत्वपूर्ण अभियान रहेकोले यस्ता अभियानलाई सरकारले पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । 
 
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले आगामी आर्थिक वर्षदेखि सुरुहुने १६औँ आवधिक आयोजनामा विद्युतीय चुलोको प्रयोग बढाउँदै एलपी ग्यासको आयात प्रतिस्थापन गर्नेतर्फ सरकारको ध्यान केन्द्रित हुने बताउनुभयो ।
 
    सामुदायिक विद्युत् राष्ट्रिय उपभोक्ता महासङ्घका अध्यक्ष नारायण ज्ञवालीले २०७५ माघ ११ गते शुभारम्भ भएको यो अभियानलाई सफल र सार्थक बनाउन विभिन्न सङ्घसंस्थासँग मिलेर आफूहरूले काम गरिरहेको बताउनुभयो । 
 
उहाँले विद्युतीय चुल्होको प्रयोग बढाएर मानव स्वास्थ्य सुधार गराउने, आयातित पेट्रोलियम पदार्थलाई न्यूनिकरण गरि स्वदेशी उर्जाको खपत बढाउनुपर्नेमा सरकारले विशेष ध्यानदिनु पर्ने बताउनुभयो । 
 
 
कार्यक्रममा विद्युतीय चुलो बिक्री पछिको सेवा, आवश्यक मर्मत सम्भारको व्यवस्था, विद्युतीय महसुल घटाउनु पर्ने, गुणस्तरीय चुलोको प्रयोग, उपभोक्ता मैत्री हुनुपर्ने, स्थानीय जनप्रतिनिधिहरूको सहकार्यमा अभियान सञ्चालन गर्नुपर्ने लगायत विद्युतीय चुलो सम्बन्धी समस्या, बिक्रीवितरण लगायत विषयमा प्राविधिक छलफल समेत भएको थियो । 
 
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी प्रमुख नवराज ढकालको अध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथिमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत, विशेष अतिथिमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका गोपालप्रसाद सिग्देल र अतिथिहरूमा विद्युत नियमन आयोगका सदस्य भगिरथी ज्ञावाली, नेपाल विद्युत प्राधिकरणका डिपुटी एमडी मनोज सिलवाल, सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासङ्घका अध्यक्ष नारायण ज्ञावाली, प्राक्टिकल एक्सन कन्ट्रि डाइरेक्टर पुजा शर्मा लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago