भर्खरै

विपन्न परिवारलाई वडाले मिटर दिएपछि बल्यो बिजुली

  • प्रकाशित मिति : बिही, माघ १८, २०८०
  • - विद्युत संसार संवाददाता
title
टक्सार (भोजपुर), १८ माघ । विपन्नताका कारण विद्युत् बाल्नबाट बञ्चित परिवारलाई वडा कार्यालयले मिटर किनेर विद्युत् बाल्ने व्यवस्था मिलाएको छ । भोजपुर नगरपालिका–५ कार्यालयले आफ्नो वडाभित्र रहेका १६ घरपरिवारलाई वडाको बजेटबाट विद्युत् मिटर खरिद गरी वितरण गरेको छ । 
 
नगरभित्र सदरमुकामबाट नजिक रहेको वडाका नागरिक नै विद्युत् सेवाबाट बञ्चित भएकाले बजेट व्यवस्थापन गरिएको वडाध्यक्ष फविन्द्र प्रधानले बताउनुभयो । “टुकीको उज्यालोमा रहेका १६ परिवारलाई वडामार्फत विद्युत् प्राधिकरणबाट मिटर खरिद गरी बिजुली बाल्ने व्यवस्था मिलाएका छौँ”, वडाध्यक्ष प्रधानले भन्नुभयो, “वडाले विद्युत् बाल्ने व्यवस्था मिलाएपछि अहिले विद्युत् बाल्न पाएकामा ती परिवारसमेत हर्षित हुनुहुन्छ ।”
 
वडा नं ५ मुढेका रेवतीप्रसाद कोइरालाले वडाले विद्युत् बाल्ने अवसर दिएकामा खुसी हुँदै भन्नुभयो, “विपन्नताका कारण घरमा विद्युत् सेवा पुग्न सकेको थिएन, वडाको सहयोगमा बिजुली पुग्यो, हामीलाई खुसी लागेको छ ।”
 
आर्थिक अवस्थाका कारण विपन्न परिवारका लागि राज्यका निकाय सहयोगी बन्नुपर्ने अवस्थामा वडाले विद्युत् सेवाका लागि सहयोग गरेको अर्का स्थानीय लक्ष्मण श्रेष्ठले बताउनुभयो । बोखिममा मात्र होइन, विद्युत् प्राधिकरणले विद्युतीकरणको कार्य तीव्र बनाएसँगै जिल्लाको दक्षिण आमचोक गाउँपालिकाको वडा नं ३ थिदिङ्खामा पनि विद्युत् सेवा पुगेको छ । 
 
विद्युतीकरण भएसँगै आमचोकको थिदिङ्खामा पनि विद्युत् बल्न सुरु भएको नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका प्राविधिक काजीमान राईले बताउनुभयो । जिल्लाका ग्रामीण क्षेत्रमा समेत विद्युतीकरणको कार्य अहिले भइरहेकाले नागरिकलाई विद्युत् बाल्न सहज भएको राईको भनाइ छ ।  
 
थिदिङ्खाका रामबहादुर सुवेदी अहिले घरमा बिजुलीको सुविधा पुगेकामा खुसी हुनुहुन्छ । अहिलेसम्म टुकीको भरमा उज्यालो बाल्दै आउनुभएका सुवेदीको घरमा अहिले विद्युत् प्राधिकरणले लाइन जडान गरिदिएको छ । विगतमा सदरमुकाम र आसपासमा मात्र विद्युत्को पहुँच पुगेको भए पनि अहिले गाउँगाउँमा विद्युत् सेवा पुग्न थालेको छ । 
 
भोजपुरमा दुई नगरपालिका र सात गाउँपालिका छन् । तीमध्ये जिल्लाको दक्षिणमा रहेको आमचोक गाउँपालिका र उत्तरको साल्पासिलिछो गाउँपालिकामा विद्युतीकरण कम भएको छ । ती क्षेत्रमा पनि क्रमिकरूपमा विद्युतीकरणको कार्य भइरहेको नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले जनाएको छ । 
 
“गाउँ–गाउँमा बिजुली पुग्दै गएको छ, कति ठाउँमा जडान हुँदैछ, जिल्लाका धेरै स्थानमा प्राधिकरणले विद्युत् सेवा पुर्याएको छ”, वितरण केन्द्रका प्रमुख रामबाबु चौधरीले भन्नुभयो । भोजपुरमा २०६७ साल कात्तिकदेखि नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् सेवा सञ्चालनमा ल्याएको थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago