भर्खरै

वन्यजन्तुबाट बाली जोगाउन ‘धुआ’ र ‘बिजुली’

  • प्रकाशित मिति : बिही, फागुन ३, २०८०
  • - विद्युत संसार
title
महोत्तरी, ३ फागुन । न दिन भन्न पाइन्छ, न रात । महोत्तरीका गाउँ नगर बस्तीमा नीलगाई, बँदेल, दुम्सी र बाँदरसहितका वन्यजन्तुले बाली सखाप पारेर हैरान बनाएपछि किसान परम्परागत साधनको सहारा लिन थालेका छन् । खेतबारीका सुरसुरमा ‘धुआ’ (मुर्कट, बुख्याचा, झिलुङ्गो) ठड्याएर वन्यजन्तु तर्साउने यहाँको धेरै पुरानो चलन फेरि  बाक्लिदै गएको छ ।
 
“यो धुआ ठड्याउने त पुरानै चलन हो, बीचमा वन्यजन्तुको चहलपहल घट्दा हटेको थियो । अहिले फेरि हामीले यसको सहारा लिन थालेका छौँ”, भङ्गाहा–५ कर्पुरगञ्जका ६० वर्षीय किसान रामजुलुम सर्दारले भन्नुभयो, “बाली माड्दै, उखेल्दै हिँड्ने वन्यजन्तु धुआ ठडिएको देखेपछि मान्छे हो भन्ठानेर हच्कदा रहेछन् ।” पूर्वपश्चिम राजमार्गबाट करिब २० किलोमिटर दक्षिणतर्फिको यहाँको बस्तीमा नीलगाई र बँदेलले धुरुक्क रुवाएका उहाँको भनाइ छ । “बाँदर र दुम्सी त यता देखिएका छैनन्, तर घोडगदाहा (नीलगाई) र जङ्गली सुगुँर (बँदेल) ले भने हुर्मत लिएका छन्”, उहाँले भन्नुभयो ।
 
महोत्तरीका मध्य र दक्षिणी क्षेत्रमा नीलगाई र बँदेल आतङ्कले आजित किसान बाली लागेका खेतबारीका सुरमा धुआ ठड्याउनसँगै ठाउँ–ठाउँमा बिजुली बाल्न थालेका छन् । बिजुलीको चिम (बल्व) को उज्यालोबीच हातमा छडी बोकाइएको मुर्कट अगाडि पर्दा वन्यजन्तु हच्केर भाग्ने गरेका पाइएको किसानको भनाइ छ ।
 
जिल्लाको मध्य र दक्षिणी भेगसम्म नीलगाई र बँदेल आतङ्क छ भने वनक्षेत्र नजिकका उत्तरीक्षेत्रका बस्तीमा त बाँदर र दुम्सीले पनि हैरान खेलाएको किसानको गुनासो छ । बेलाबेलामा हुने हात्तीको आक्रमणबाट वाक्कदिक्क बनाएका बर्दिबास–३ राईमण्डलका ६० वर्षीया कर्णमाया गुर्मछाने बताउनुहुन्छ । “बाँदरले त यी ठड्याएका मुर्कट केही गन्दैन, आँगनकै थाङ्राका मकैसमेत उधिन्छ, नीलगाई र बँदेल भने बिजुलीको उज्यालो र मुर्कट देख्दा हच्किदा रहेछन्”, गुर्मछानेले सुनाउनुभयो । 
 
“यो धुआ बाजेले ठड्याउनु भएको मलाई सम्झना छ”, विगत सम्झदै बर्दिबास–९ बनरझुल्लाका ७० वर्षीय रामचन्द्र महतो भन्नुहुन्छ, “बीचमा वन्यजन्तुको हिँडडुल कम हुँदा यसको चलन हराउँदै गएको थियो ।” 
 
धुआ र बिजुलीको प्रबन्धले वन्यजन्तुको उपद्रव अलि कम भएको किसानको ठम्याइ छ । यसले बाली बच्ने र वन्यजन्तुलाई पनि चोट नलाग्ने भएपछि किसानले सन्तोषको श्वास फेर्न पाएका छन् । वन्यजन्तुले बाली खाएको देखेपछि लखेट्दा कैयौं बस्तीमा निलगाई मारिएका र बँदेललाई पासो थापेर मार्ने गरेका घटना पनि अब कम हुने किसानको विश्वास छ ।
 
दिनभरि घारीतिर लुकेर मध्यरातपछि तरकारी बाली, गहुँ, उखुका बोट र केराका थामसमेत उखेल्ने बँदेलले हैरान नै पारेका बेला धुआ  र बिजुलीले आपूmहरुलाई राहत दिएको किसानको भनाइ छ । “बिजुलीको चमकमा हातमा लौरो लिएको मुर्कट देखेपछि मान्छे ठानेर बँदेल र नीलगाई हच्कदा रहेछन्” बर्दिबास–७ प्रेमनगरका रामउद्गार महतोले भन्नुभयो, “खेतबारीमा बिजुलीको झलमल्ल उज्यालोमा जङ्गलीजन्तु हिँडेको पनि अलिक टाढैबाट देखिन्छ, देख्नासाथ हल्लीखल्ली गरिएपछि वन्यजन्तु भाग्ने भएका हुँदा अहिले क्षति कम भएको छ ।”
 
महोत्तरीमा अचेल उत्तरदेखि दक्षिणसम्मकै किसानले धुआ र बिजुलीको बन्दोबस्त बढाएका छन् । बस्ती÷बस्तीका किसानले खेतखेतमा बिजुली बालेपछि जताततै चहकिलो उज्यालो देखिन थालेको छ । 
 
“खेतबारीमा झलमल्ल बिजुलीको उज्यालो हुन्छ, जङ्गली जनावरमात्र होइन, यसले चोर्न पल्केका पनि हच्कदा रहेछन्”, भङ्गाहा–४ रामनगरका किसान शुभनारायण ठाकुरले भन्नुभयो, “खेतमा बिजुली बल्न थालेपछि केराका घरी र तरकारी चोर्ने घटना पनि कम भएका छन् ।”
 
सघन तरकारी खेती गरिने महोत्तरीका उत्तरीक्षेत्रका स्थानीय तहहरु बर्दिबास, गौशाला, भङ्गाहा र औरहीसहित छिमेकको धनुषा जिल्लाको मिथिला र क्षिरेश्वर नगरपालिका एवम् बटेश्वर गाउँपालिकाका बस्ती÷बस्तीमा पनि वन्यजन्तुबाट बाली जोगाउन किसानले धुआ र बिजुलीको उपाय बाक्लै अपनाउँदैछन् ।  

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago