भर्खरै

जनकपुरधाम–नेपालगञ्ज हवाईसम्बन्ध विस्तारका लागि चार्टर्ड उडान

  • प्रकाशित मिति : आइत, फागुन ६, २०८०
  • - विद्युत संसार
title
जनकपुरधाम, ६ फागुन । मधेस प्रदेशको जनकपुरधाम र लुम्बिनी प्रदेशको नेपालगञ्ज सहरबीच हवाईसम्बन्ध विस्तार तथा पर्यटन प्रवर्द्धनका लागि आज चार्टर्ड उडान गरिएको छ ।
 
धनुषाको जनकपुरधाम उपमहानगरपालिका र जनकपुरधाम उद्योग वाणिज्य सङ्घ तथा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका र उद्योग वाणिज्य सङ्घ नेपालगञ्जको सहकार्यमा चार्टर्ड उडान सम्पन्न भएको हो । 
 
चार्टर्ड उडानमा लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री कृष्णा केसी, लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्ले, नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्ट, नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल्स एजेन्ट्स ९नाट्टा० को बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देललगायत ७२ जनाको सहभागिता थियो । 
 
उहाँहरूलाई जनकपुरधाम विमानस्थलमा मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपाने, जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साह, जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्रकुमार महासेठलगायतले भव्य स्वागत गर्नुभयो । त्यसैगरी आगन्तुक टोलीलाई जानकी मन्दिरलगायत क्षेत्र भ्रमण गराइएको थियो । भ्रमण टोली आजै फिर्ता भएको जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्रकुमार महासेठले जानकारी दिनुभयो । 
 
त्यस अवसरमा लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री केसीले जनकपुर–नेपालगञ्ज र अयोध्याबीच धार्मिक पर्यटकीय सम्बन्ध विस्तार तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पहिलोपटक हवाई परीक्षण उडान भरिएको बताउनुभयो । “जनकपुरको जानकी मन्दिर दर्शनका लागि हजारौँ भक्तजन आउने गर्दछन् । नेपालगञ्जको बागेश्वरी मन्दिरमा पनि त्यस्तै आस्था छ । त्यसैले यो आस्थालाई पर्यटन प्रवर्द्धनसँग जोडी पर्यटकको सहजताका लागि हवाई उडान आवश्यक छ । त्यसैको सम्भाव्यता अध्ययनका लागि समेत आज परीक्षण उडान गरिएको हो । अब यसलाई दिगोरूप दिन प्रदेश सरकारले पनि सहयोग गर्नेछ”, मन्त्री केसीले भन्नुभयो । 
 
त्यसैगरी नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले जनकपुरधाम र नेपालगञ्जमा पर्यटकीय गतिविधि वृद्धिका लागि सहकार्य गर्न आफूहरूले पहिलो चरणमा चार्टर्ड उडान भरेको र यसलाई स्थायीरूप दिन आवश्यक छलफलसमेत भइरहेको जानकारी दिनुभयो । 
 
सिग्देललले भन्नुभयो, “नेपालगञ्ज र जनकपुरबीच धार्मिक सम्पर्क बढाउन हवाई उडान अपरिहार्य छ । यसले हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र अयोध्यालाई जोड्न पनि सहज हुने हाम्रो विश्वास छ । त्यसैले मधेसबाट नेपालगञ्ज र नेपालगञ्जबाट मधेसमा पर्यटकीय गतिविधि बढाउन हातेमालो हुने विश्वास छ ।”
 
जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष महासेठले चार्टर्ड उडानबाट आफूहरू उत्साहित भएको बताउनुभयो । उहाँले हाल मधेसबाट आठदेखि १० वटा बस नेपालगञ्ज गइरहेको अवस्थामा हवाई उडानले थप सहजता प्रदान गर्नुका साथै पर्यटकीय विकासमा महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गर्नुभयो । यस कार्यमा जनकपुरधामबाट पनि आफूहरूको सहयोग रहने उहाँले बताउनुभयो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago