भर्खरै

सवारी दुर्घटनाः एक बालिकाको मृत्यु, छ जना घाइते

  • प्रकाशित मिति : आइत, फागुन २०, २०८०
  • - -रासस
title

धनकुटा, २० फागुनः धनकुटामा आज अपराह्न भएको सवारी दुर्घटनामा एकजना बालिकाको मृत्यु भएको छभने अन्य छजना घाइते भएका छन् । 
 
हिलेबाट पाख्रिबासतर्फ गइरहेको पिकअप भ्यान दुर्घटना हुँदा घटनास्थलमा नै एक बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ । उनीहरुलाई थप उपचारका निम्ति धरानस्थित बिपी कोइराला सवास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । प्रहरीले मृतक र घाइतेको परिचय सार्वजनिक गरेको छैन । 

प्रतिक्रिया