भर्खरै

नेप्से परिसूचक छ प्रतिशतले बढेपछि आजका लागि कारोबार स्थगित

  • प्रकाशित मिति : सोम, फागुन २१, २०८०
  • - विद्युत संसार संवाददाता
title
काठमाडौँ, २१ फागुन । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक छ प्रतिशतले बढेपछि आजको शेयर कारोबार स्थगित भएको छ । आज बजार खुले लगत्तै परिसूचक  चार प्रतिशतले वृद्धि भएको थियो । 
 
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार चार प्रतिशतले बजार बढेपछि पहिलो पटकका लागि २० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो । त्यसपछि खुलेको बजारमा परिसूचक पाँच प्रतिशतले बढेपछि दोस्रो पटक ४० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो । 
 
त्यसपछि पुनःकारोबार सुरु भएपछि नेप्से परिसूचकमा छ प्रतिशतको वृद्धि भएपछि आजको कारोबार स्थगित भएको नेप्सेका प्रवक्ता मुरहरि पराजुलीले जानकारी दिनुभयो ।
 
आजको कारोबारमा नेप्से परिसूचक एक सय १७ दशमलव ७० अङ्कले उकालो लागेर दुई हजार ७८ मा पुगेको छ । विभिन्न पाँच कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
 
आज विभिन्न दुई सय ३७ कम्पनीका  नौ लाख ३४ हजार नौ सय १९ कित्ता शेयर रु ३७ करोड ५२ लाख नौ हजार नौ सय ७८ मूल्यमा कारोबार भएका छन् । कारोबार भएकामध्ये दुई सय ३० कम्पनीको शेयर मूल्य उकालो लाग्दा दुई कम्पनीको मात्रै शेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago