भर्खरै

सिंहदरबारमा चलहपहल घट्यो, संसद्को कार्यसूची प्रभावित

  • प्रकाशित मिति : बुध, फागुन २३, २०८०
  • - विद्युत संसार संवाददाता
title
काठमाडौँ, २३ फागुन । सत्ता गठबन्धनमा हेरफेर भई मन्त्रिमण्डल विस्तार जारी रहेकाले चलिरहँदा मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा चहलपहल कम भएको छ ।
 
राजनीतिक भेटघाट र वार्ता प्रधानमन्त्री निवास बालुवाटार,  विभिन्न पार्टीका कार्यालय र शीर्षनेताका निवासमा बढेपछि सिंहदरबारमा प्रायः लाग्ने भीडभाड पातलिएको छ । अन्य समयमा सिंहदरबार छिर्ने ढोकामा कार्यालय आउने र जाने समयमा प्रवेश पास जाँच गर्न सुरक्षाकर्मीलाई भ्याइनभ्याइ हुने गरेकामा त्यो भिड अहिले कम भएको छ । 
 
सिंहदरबारस्थित मन्त्रालयमा विभागीयमन्त्री नहुँदा भेटघाट तथा नीतिगत निर्णय नहुने भएकाले चहलपहल कम भएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले राजनीतिक हेरफेर र विभागीयमन्त्री नभएका कारण नीतिगत निर्णयहरु हाल नभएको बताउनुभयो ।
 
प्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही फागुन २१ गते नेपाली कांग्रेससमेतको गठबन्धन तोडेर नेकपा ९एमाले०, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०, जनता समाजवादी पार्टी ९जसपा०सँग सहयात्रा आरम्भ गरेपछि गर्नुभयो । नयाँ गठबन्धन निर्माण भएसँगै तीन पार्टीका तर्फबाट तीन मन्त्री नियुक्त भए पनि मन्त्रालयको कार्यभार तोकिएको छैन ।
 
संसदको कार्यसूची प्रभावित
 
सत्ता गठबन्धनमा हेरफेरसँगै सङ्घीय संसद्का कार्यतालिका पनि प्रभावित भएका छन् । यही फागुन २१ गतेको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सूचना टाँसेर स्थगन भई यही फागुन २४ गते बिहीबारका लागि निर्धारण गरिएको छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बिहीबारको बैठकका विषयमा सम्बन्धित पक्षसँग छलफल भइरहेको बताउनुभयो । विभागीयमन्त्री नहुँदा अहिले संसदीय समितिका बैठक पनि प्रभावित भएका छन् । सार्वजनिक लेखा समितिको उपसमितिको बैठक भने बसिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago