भर्खरै

विद्युत व्यवसायी संघ चितवनको १३ औं वार्षिक साधारण सभा हुँदै

  • प्रकाशित मिति : मंगल, फागुन २९, २०८०
  • - भीमलाल श्रेष्ठ/ विद्युत संसार संवाददाता
title

चितवन (भरतपुर), २९ फागुन । विद्युत व्यवसायी संघ चितवनको आउँदो चैत्र ५ गते सोमबार १३ औं वार्षिक साधारण सभा हुने भएको छ । संघले एक सूचना जारी गर्दै आफ्नो आफ्नो १३ औं वार्षिक साधारण सभा आयोजना गरेको जनाएको छ ।
 
ग्यालेक्सी गार्डेन रिसोर्ट भरतपुर महानगरपालिका ४ यज्ञपुरी चितवनमा हुने वार्षिक साधारण सभा बिहान ८ बजे देखि सुरु हुने संघले जानकारी दिएको छ ।
 
संघ विद्युतीय क्षेत्रमा प्रत्यक्ष संलग्न भइ यस क्षेत्रसँग प्रत्यक्ष तथा परोक्ष रुपमा संलग्न पेशागत व्यवसायीहरूको समग्र विकास प्रति समर्पित रहेको संस्था हो । सङ्घले आफ्नो सदस्यहरुको हकहितका लागि सरोकार निकाय सम्म आवाज उठाउँदै अविभावकीय भूमिका निर्वाह गर्दै आईरहेको छ ।
 
विद्युत व्यवसायी संघ चितवन नेपाल विद्युतीय व्यवसायी महासंघमा नेपालभरबाट आवद्ध २२ जिल्ला÷नगर संघ एवं ७५ एसोसिएट सदस्यहरु मध्य उत्कृष्ठ कार्य गर्नेमा चितवन संघ पनि पर्ने गरेको छ । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार