भर्खरै

केन्द्रीय प्रसारण लाइनको पर्खाइमा मामाङ्खे गाउँ

  • प्रकाशित मिति : बुध, फागुन ३०, २०८०
  • - विद्युत संसार
title
फुङ्लिङ (ताप्लेजुङ), ३० फागुन । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ र ६ का गाउँ विद्युत्विहीन भएको दुई वर्ष भएको छ । विद्युतगृह पहिराले बगाएसँगै गाउँले अहिले अन्धकारमा बस्न बाध्य भएको हुन् ।
 
विद्युत् उत्पादन गर्ने ठाउँ नै नभएसँगै अहिले केन्द्रीय प्रसारण लाइनको पर्खाइमा बस्न बाध्य भएको सिरिजङ्गा –६ स्थित लक्ष्मी माध्यमिक विद्यालयका शिक्षक मानप्रसाद भट्टराईले बताउनुभयो । विद्यतगृह पहिराले बगाएसँगै मामाङ्खे गाउँ विद्युतविहीन भएको हो ।  उहाँका अनुसार घरपरिवारले सोलर प्यानल खरिद गरेर प्रयोग गरिएका छन् भने आर्थिक अवस्था कमजोर परिवार भने सोलारसमेत खरिद गर्ने अवस्था नभएकाले अँध्यारोमा बस्न बाध्य भएका छन् । केही घरपरिवारले भने मट्टितेल प्रयोग गरेर टुकीको प्रयोग गरेको शिक्षक भट्टराईलले बताउनुभयो ।
 
गत २०७९ साल असार २ गते रात अविरल वर्षासँगै गएको पहिराले विद्यतगृह बगाएको सिरिजङ्गा –६ मामाङ्खेका वडाध्यक्ष शुक्रराज माबोले बताउनुभयो । उहाँका अनुसार खाकसेवा खोलाबाट ७५ किलोवाटको लघु जलविद्युत् आयोजनाले सिरिजङ्गा –५ पेदाङ र ६ मामाङ्खे गाउँमा छ सय घरले उपभोग गर्दै आएको थियो । पहिराले लघु जलविद्युतगृह बगाएसँगै अन्धकारमा बस्न बाध्य भएको खाकसेक्वा खोला लुघजलविद्युत् उपभोक्ता समितिका अध्यक्ष टीका माबोले बताउनुभयो ।  सोही बखत पहिराले गर्दा उक्त गाउँपालिकामा दुई जनाले ज्यान गुमाएका थिए भने ६३ घरपरिवार पूर्णरूपमा विस्थपित हुन पुगेका थिए । 
 
पहिराले विद्युतगृह बगाएसँगै अहिलेसम्म विद्युत् जडान नहुँदा अन्धकारमा बस्न बाध्य हुनुपरेको मामाङ्खेका स्थानीय सिङ्गवीर लिम्बूले बताउनुभयो । गाउँमा आपतविपत् पर्दा र मानिस  बिरामी पर्दा बिजुली बत्तीको अभावले  बढी समस्या हुने गरेको उहाँको भनाइ छ । मोबाइलको ब्याट्री चार्ज गर्न नपाउँदा आफ्ना आफन्तसँग सञ्चार सम्पर्क गर्न समस्या हुँदै आएको मामाङ्खेका सुने लिम्बूले बताउनुभयो । लामो समय बिजुली बत्ती नबनेपछि विद्यार्थीको पठनपाठनमा प्रत्यक्ष असर परेको स्थानीयवासीको गुनासो छ । विवाहलगायतका सार्वजनिक कार्यमा बिजुली बत्ती नभएपछि जेनेटरको प्रयोग गरेर काम चलाउँदै आएको स्थानीय हर्क माबोले बताउनुभयो । जेनेटर प्रयोग गरी बत्ती बाल्दा धेरै खर्चीलो हुने गरको स्थानीयको भनाइ छ ।
 
विद्युतगृह राख्ने ठाउँ नै नरहने गरी पहिरोले बगाएर लगेकाले अब त्यस ठाउँमा पुनः विद्युतगृह निर्माण गर्न समस्या भएको खाकसेक्वा खोला लघुजलविद्युत् उपभोक्ता समितिका अध्यक्ष माबो बताउनुहुन्छ । माबोले भन्नुभयो, “हामीले बनाउने भनेर प्राविधिक पनि बोलाएर सर्वेक्षण गर्यौँ  तर ठूलो खर्च लाग्ने प्राविधिकले हिसाब निकाले । गाउँपालिकाले उपलब्ध गराएको बजेटले नपुग्ने भएपछि त्यत्तिकै छाड्यौँ । अन्य ठाउँबाट विद्युत् निकालौँ भने खोला छैन ।” वडाध्यक्ष माबोका अनुसार मामाङ्खे गाउँमा विद्युत् प्रविधिक बोलाएर विद्युत् निकाल्न सर्भे गरे पनि सर्भेबाट रु दुई करोडभन्दा बढी खर्च लाग्ने भएपछि प्रत्येक घरपरिवारबाट सङ्कलन गर्दा पनि नपुग्ने भएपछि विद्युतगृह बनाउनबाट पछि सरेको हो । विद्यतगृह पुनःनिर्माण गर्न ठूलो बजेट लाग्ने भएपछि प्रसारण लाइनको पर्खाइमा बस्न बाध्य भएको वडाध्यक्ष माबोले बताउनुभयो ।
 
पहिराले बगाएको विद्यतगृह पुनःनिर्माण नगरी राष्ट्रिय प्रसारणमा विद्युत् लाइन जोड्ने पेदाङवासीले योजना बनाएको  खाकसेक्वा खोला लघुजलविद्युत् पेदाङ उपभोक्ता समितिका अध्यक्ष भोला भट्टराईले बताउनुभयो । “खोलाले बगाएको स्थानमा पुनःनिर्माण गर्न धेरै खर्च लाग्ने भएकाले राष्ट्रिय प्रसारण लाइन यहाँ जोड्न लागिएको छ”, उहाँले भन्नुभयो, “राष्ट्रिय प्रसारण लाइन जोड्नका लागि पोल गाड्ने, तार तान्ने काम हुन लागेको छ । छिट्टै नै पेदाङ गाउँ अँध्यारोमुक्त गाउँ हुन्छ ।” पहिराले बगाएको विद्युतगृह मर्मत गर्नुभन्दा राष्ट्रिय प्रसारण लाइन छिट्टै ल्याउन पहल भइरहेको सिरिजङ्गा गाउँपालिकाका उपाध्यक्ष डा चित्र माबोले जानकारी दिनुभयो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago