भर्खरै

बजेट अभावमा १५ वर्षदेखि बिग्रिएको गण्डक जलविद्युतको टर्वाइन भएन मर्मत

  • प्रकाशित मिति : बिही, चैत ८, २०८०
  • - विद्युत संसार संवाददाता
title
नवलपरासी (बर्दघाट सुस्तापश्चिम), ८ चैत । पश्चिम नवलपरासीमा रहेको गण्डक जलविद्युत् केन्द्रको टर्वाइन बजेट अभावमा मर्मत हुन सकेको छैन । मुलुककै पुरानोमध्येको उक्त जलविद्युतमा १५ वर्षदेखि टर्वाइन बिग्रिएको छ । 
 
प्रतापपुर गाउँपालिका–७ गुठ्ठी सूर्यपुरास्थित जलविद्युत् केन्द्रका उपकरण पुरानो हुनुका साथै जीर्ण बन्दै गएको छ । नेपाल–भारत गण्डक सम्झौताअनुसार भारतले सन् १९७९ मा निर्माण गरेको केन्द्र ३१ अगस्ट १९८१ मा नेपाललाई हस्तान्तरण गरेको थियो । करिब ४३ वर्ष पुरानो गण्डक जलविद्युतमा मर्मत र पूर्वाधार विकासको अभाव देखिएको केन्द्रका प्रमुख पीताम्बर भुसालले बताउनुभयो ।  
 
उहाँका अनुसार १५ मेगावाट विद्युत् उत्पादन क्षमता भएको उक्त केन्द्रबाट अहिले चारदेखि पाँच मेगावाटसम्म विद्युत् उत्पादन गरिरहेको छ । तीन वटा टर्वाइन भएको जलविद्युत् केन्द्रमा दुई टर्वाइनले मात्र विद्युत् उत्पादन गरिरहेको छ भने एउटा टर्वाइन बिग्रेर थन्केको प्रमुख भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार बजेट अभावले गर्दा टर्वाइनको मर्मत नभएको हो । 
 
जलविद्युत् केन्द्रका अन्य उपकरण पनि पुरानो भएका छन् । “केही समय पहिला एउटा टर्वाइनले मात्र विद्युत् उत्पादन गर्ने अवस्था थियो । केही समयपछि बनाएर अहिले दुई टर्वाइनले विद्युत् उत्पादन गरिरहेको छ”, प्रमुख भुसालले भन्नुभयो, “विद्युत् उत्पादनका लागि उक्त जलविद्युत् केन्द्रमा पानीको मात्रा पनि पर्याप्त छैन ।” 
 
दुई देशको दुईपक्षीय सम्झौताअनुसार पानीको मात्र घटाउने–बढाउने भारतीय पक्षको जिम्मामा रहेकाले हामीले पर्याप्तमात्रामा पानी नपाएको उहाँले गुनासो गर्नुभयो । विद्युत्का विभिन्न उपकरण मर्मत तथा भौतिक अवस्था सुधार गर्नका लागि स्रोत खोजी भइरहेको प्रमुख भुसालको भनाइ छ । 
 
विद्युत् प्राधिकरण, ऊर्जा मन्त्रालय र सम्बन्धित निकायको ध्यान नजाँदा अहिले उक्त केन्द्र जीर्ण बनेको छ । धेरै पुरानो प्रविधिका कारण क्षमतामा ह्रास आएको जलविद्युत् केन्द्रका प्रमुख भुसालले बताउनुभयो । “पुरानो उपकरणकै कारणले पनि भारतको विहार वाल्मीकि नगरबाट लिने विद्युतलाई पनि पूर्ण क्षमतामा लिन नसक्ने अवस्था छ”, उहाँले भन्नुभयो । 
 
यहाँको उपकरण र विद्युत् भोल्टेजले पुराना उपकरणलाई जलाउनसक्ने भुसालको भनाइ छ । जलविद्युत् केन्द्रका क्यानलमा सिल्ट (बालुवा) भरिएर पनि विद्युत् उत्पादनमा समस्या भएको उहाँले जानकारी दिनुभयो । 
 
“गण्डक व्यारेज त्रिवेणीमा सिल्ट (बालुवा) थिग्य्राउने उपकरण भए पनि काम लाग्ने अवस्थमा छैन”, प्रमुख भुसालले भन्नुभयो । अहिले गण्डक जलविद्युत् केन्द्रमा रहेका उपकरणलाई परिवर्तन गरी सुधार गर्नुपर्ने आवश्कता देखिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago