भर्खरै

एसियाली राजमार्ग निर्माणः पहिलो चरणको काम सुरू

  • प्रकाशित मिति : सोम, चैत १२, २०८०
  • - विद्युत संसार
title
सुन्दरहरैँचा (झापा), १२ चैत । एसिया महादेशका ३२ मुलुकलाई जोड्ने ‘एसियाली राजमार्ग’ निर्माणको पहिलो चरणको काम सुरू भएको छ ।
 
पहिलो चरणको कार्यअन्तर्गत झापाको कमल गाउँपालिकाको सीतापुरीदेखि इटहरीको देवी खोलासम्मको पश्चिम खण्डमा रूख कटान सुरू भएको हो । त्यसमध्ये पश्चिम खण्डको सडक निर्माणको जिम्मा काठमाडौँको जैन सिआर, एफ जि टुडी कम्पनीले पाएको छ । 
 
एसियाली विकास बैंकको सहयोगमा एसियन हाइवेसँग जोडिएको पूर्वी नेपालको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म एक सय २० किलोमिटर सडक चार लेनको काम अघि बढेको जैन सिआर, एफ जि टुडी कम्पनीका प्रतिनिधि हरिप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
 
पश्चिम खण्डका क्षेत्रमा करिब छ हजार सात सय ३७ रूख कटान हुने तथा तीन वर्षभित्रमा सडक निर्माण गर्ने गरी सम्झौता भएको कम्पनीका प्रतिनिधि पराजुलीले जानकारी दिनुभयो ।
 
एसियाली विकास बैंकको रु २८ अर्ब १७ करोडको लागतमा झापा, मोरङ र सुनसरीसँग जोडिएको पूर्व–पश्चिम राजमार्गको एक सय २० किमी क्षेत्र चार लेनको बन्ने भएको छ । जम्मा ७१ नयाँ पुलसहित राजमार्ग विस्तार हुने कम्पनीका प्रतिनिधि पराजुलीले बताउनुभयो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago