भर्खरै

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

  • प्रकाशित मिति : बिही, चैत १५, २०८०
  • - विद्युत संसार
title
विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मोरङको रङ्गेलीस्थित सन्थाल बस्तीमा भएको आगलागीबाट पीडित भएकाका लागि बासस्थान निर्माणको पहल गर्ने बताउनुभएको छ ।
 
पीडित परिवारसँग आज भेट गरी स्थानीयवासी, प्रदेश सरकार, स्थानीय सरकार र विभिन्न सामाजिक सङ्घसंस्थाको सहकार्यमा वासस्थान निर्माणको पहल भइरहेको उहाँको भनाइ थियो ।
 
सन्थाल समुदायको बसोबास रहेको सो ठाउँमा यही चैत ३ गते भएको आगलागीबाट २३ घर जलेर नष्ट भएका थिए । सन्थालहरु बस्दै आएको सो सुकुम्बासी बस्तीका नागरिकले दैनिकरुपमा ज्याला मजदुरी गरेर गुजारा गरिरहेका छन् । 
 
पीडितसँगको भेटमा मुख्यमन्त्री कार्कीले सो समुदायका नागरिकलाई जग्गा उपलब्ध गराउने कामको अग्रसरता लिन स्थानीय तहलाई आग्रह पनि गर्नुभयो । उनीहरुलाई जग्गा उपलब्ध गराउन सकिएमा सबैको सहयोग र समन्वयमा स्थायी बास निर्माण कार्य थालिने उहाँको भनाइ थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago