भर्खरै

चितवनको दुर्गम गाउँ मायाटार बिजुलीले झलमल्ल

  • प्रकाशित मिति : शनि, चैत २४, २०८०
  • - विद्युत संसार
title
भरतपुर (चितवन), २५ चैत । चितवनको इच्छाकामना गाउँपालिका–२ को दुर्गम गाउँ मायाटारमा पहिलोपटक विद्युत् सेवा पुगेको छ । शनिबार इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बत्ती बालेर अन्धकारको युग अन्त्य भएको बताउनुभयो । 
 
विद्युत् सेवा पुग्न बाँकी मायाटार, रमाइलो डाँडा, तेर्सेगाउँ, डाँडागाउँ, हेप्चे र घुर्केसलगायत एक सय घर बढीमा बिजुली पुगेको अध्यक्ष गुरुङले बताउनुभयो । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्र र इच्छाकामना गाउँपालिकाको सहयोगमा विपन्न परिवारलाई ‘मिटर बक्स, केबल र एमसिभी’ वितरण गरिएको छ । इच्छाकामना गाउँपालिकाका अध्यक्ष गुरुङ, नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठ, वडा नं २ का अध्यक्ष पञ्चबहादुर चेपाङले सो क्षेत्रका विपन्न ६० घरमा निःशुल्क मिटरबक्स, कबललगायत  उपकरण निःशुल्क वितरण गर्नुभयो । प्राविधिकले तिनलाई जडान पनि गरेका छन् । 
 
इच्छाकामना गाउँपालिका–१ को दुई सय घरमा विद्युत् सेवा पुगेपछि गाउँ नै झलमल्ल भएको छ । वैशाख लागेपछि बाँकी क्षेत्रमा पनि सेवा विस्तार गरिने प्राधिकरणले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago