विद्युतीय सुरक्षा प्राधिकरणको प्राथमिकतामाः निर्देशक घिसिङ

  • प्रकाशित मिति : सोम, चैत २६, २०८०
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, २६ चैत्र । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले प्राधिकरणले इलेक्ट्रिक सुरक्षालाई प्राथमिकतामा राखिएको बताउनुभएको छ ।
विद्युत सुरक्षा दिवसको अवसरमा आज लैनचौर व्याङकेट काठमाडौंमा सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपाल ९क्भ्भ्ल्०ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले विद्युत सुरक्षामा हाम्रो प्राथमिकतामा रहेको छ । विद्युतीय दुर्घटना न्यूनिकरण गर्न केन्द्रिय कार्यालयमा सेप्mप्टी युनिट समेत गठन भएको बताउनुभयो । विद्युतीय दुर्घटना न्यूनिकरण गर्न प्राधिकरणले धेरै बजेट खर्च गरिरहेको समेत उहाँको भनाई थियो । 
कार्यक्रममा घिसिङले प्राधिकरणले अहिले नांगो तार हटाएर इन्सुलेसन कन्डक्टरको मात्र प्रयोगमा ल्याएका छौ । गाउँ शहरहरुमा नांगो तार देखि काठे पोल सम्म परिर्वतन गर्न प्राधिकरणले पहिलो प्राथामिकता दिएको छ । उहाँले भन्नुभयो “नेपालमा विद्युतीकरण अन्तिम चरणमा पुगिरहेको अवस्थामा हरेक गाउँ र शहरका जनप्रतिनिधिहरूले आफ्नो क्षेत्रको काठेपोल र नांगो तारमा इन्सुलेसन कण्डक्टर राख्नको निम्ति हामीलाई आग्रह गरिरहेको छ ।” 
हिजो बत्ती नपुगेकोले बत्ती पुर्याउन माग गर्दै आउनु भयो आज सेफ्टी कै कारण काठेपोल र नांगो तारमा इन्सुलेसन सहितको कन्डक्टर राख्नको निम्ती हामीलाई आग्रह गरिरहेको उहाँको भनाई रहेको थियो ।
हामीले चार्जिङ स्टेसन निर्माणमा प्राथमिकता दिँदैआएका छौ हाल देशभर करिव चार सय भन्दा बढी चार्जिङ स्टेसन सञ्चालनमा रहेको र यसमा ट्रान्सफर्मर देखि सप्लाईसम्म लाग्ने ५० प्रतिशत खर्च प्राधिकरणले बेहोर्दै आएको उहाँले जानकारी दिनुभयो । घिसिङले पेट्रोलियम पदार्थका सवारी साधन भन्दा इलेक्ट्रिक सवारी साधन प्रयोग गर्दा २० गुना सेफ्टी हुनाले ईभीको प्रमोसन हाम्रो लागि जरुरी रहेको उहाँको भनाई रहेको थियो । 
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका सदस्य डा.गोविन्दराज भट्टले नेपालको ऊर्जा क्षेत्रमा लामो समयसम्मको योजना बनाउन आवश्यक रहेको बताउनु भयो । 
फर्पिङ जलविद्युत आयोजना निर्माण भएको लामो समयसम्म पनि नेपालको जलविद्युतमा हुनुपर्ने विकासले गति लिन नसकेको संकेत गर्नुभयो । नेपालमा हाल उत्पादन भएको विद्युतहरुमा निजी क्षेत्रको योगदान ठूलो रहेकोले सरकारले निजी क्षेत्रलाई सबल बनाउनका निम्ति आवश्यक रणनिति बनाउन सिनले नीतिगत भुमिका निर्वाह गर्न आग्रह समेत गर्नुभयो । 
पूर्वसचिव दिनेश कुमार घिमिरेले प्राधिकरणको कुशल कार्यले विद्युत आपुर्तीमा सहजता भएसँगै अहिले गुणस्तरीयता देखि विद्युतकर्मी र उपभोक्तालाई कसरी सुरक्षित राख्ने विषय आजको प्रमुख विषयको भएको बताउनुभयो । विद्युतीय दुर्घटना प्राधिकरणको एकल भूमिकाले मात्र न्यूनिकरण हुन नसक्ने र यसमा प्राधिकरणसँगै विद्युतकर्मी देखि उपभोक्ताले पनि आ–आफ्नो ठाउँबाट भूमिका खेल्न आवश्यक रहेको उहाँको भनाई रहेको थियो । उहाँले प्राधिकरणले विद्युतीय संरचना निर्माण गर्दा विद्युतीय दुर्घटनालाई विशेष ध्यान दिएर निर्माण गर्ने र निर्माण भएका संरचनालाई सुधार गर्दै लिएर जान उहाँको आग्रह थियो ।  
कार्यक्रममा डा.किशेरबाबु अर्यालले प्रायः विद्युतीय दुर्घटना मानवीय त्रुटिले हुनेगरेकोले यस्ता विषयमा विद्युत उपभोक्ताहरूलाई जनचेतना मूलक कार्यमा विशेष ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।
सिनका अध्यक्ष दिल्ली रत्न शाक्यले विद्युतीय दुर्घटना न्यूनिकरण गर्नमा सिनले ठूलो भूमिका खेल्दै आएको बताउनुभयो । उहाँले अहिले पनि विद्युतीय हाइटेन्सन लाइन माथि छ तर त्यस तल घर बनाउने प्रवृत्ति रहेको प्रति चिन्ता व्यक्त गर्दै यस्ता विषयमा सबै सचेत हुनुपर्ने जोड दिनुभयो ।
सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपाल ९क्भ्भ्ल्०को स्थापना दिवसको उपलक्ष्यमा हरेक वर्ष चैत्र २६ गते विद्युतीय सुरक्षा दिवस मनाउँदै आएको छ । कार्यक्रममा नेपाल विद्युत प्राधिकरण सहायक प्रवन्धक तथा ठिमी वितरण केन्द्रका प्रमुख ई. जयानन्द झाले ूइअअगउबतष्यलब िक्बाभतथ बलम ज्भबतिजू विद्युतीय दुर्घटना कसरी हुन्छ र यस्ता दुर्घटनाबाट कसरी बच्ने भन्ने विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँ विगत आठ वर्ष देखि प्राधिकरणमा विद्युतीय सुरक्षा सम्बन्धी तालिम दिदैँ आउनु भएको छ । त्यस्तै इलेक्ट्रिक भेइकल र चार्जिङ स्टेसन सम्बन्धिको प्रतिष्ठित कम्पनी च्७म्,त्जभभन्इ का म्यानेजर ई.गौरव राज पाण्डेले ूक्बाभतथ एचबअतष्अभक ायच भ्ख् बलम ऋजबचनभचकू  इलेक्ट्रिक भेइकल र चार्जिङ स्टेसन सम्बन्धी उपयोगिता, दुर्घटना र सुरक्षाको उपायहरूमा कार्यक्रमलाई प्रस्तुतिकरण गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न क्षेत्रमा आवद्ध इलेक्ट्रिकल इन्जिनियर्स, प्राधिकरणका पूर्व तथा वर्तमान कर्मचारीका साथै नेपाल इलेक्ट्रिसियन संघ ÷संस्थाहरुको समेत उल्लेखनीय उपस्थिति रहेको थियो । 

प्रतिक्रिया