भर्खरै

पुँजीगत बजेट खर्चमा सुधार गछौँः नवनियुक्त अर्थमन्त्री चुमान

  • प्रकाशित मिति : आइत, बैशाख ९, २०८१
  • - विद्युत संसार संवाददाता
title
कास्की, ९ वैशाख । गण्डकी प्रदेश सरकारका नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री हरिबहादुर चुमानले पुँजीगत बजेट खर्चमा सुधार गर्ने बताउनुभएको छ । आज मन्त्रालयमा पदबहाली गर्नुहुँदै उहाँले प्रदेश सरकारको पुँजीगत बजेट खर्च बढाउन कर्मचारीलाई निर्देशन दिनुभयो । 
 
उहाँले भन्नुभयो, “विगतदेखि प्रदेश सरकारले पुँजीगत खर्च वृद्धि गर्ने कुरा गर्दे आएको छ, तर हुनसकेको छैन । यो पटक कार्यान्वयन गर्नेछौँ, बजेट खर्च गर्ने परिपाटी  आगामी आर्थिक वर्षमा सुधार गरेर लैजान्छौँ ।”
 
सरकारले प्रदेशको नीतिगत समस्या समाधान, औद्योगिक पूर्वाधार विकास, राजस्वको दायरा फराकिलो पार्ने लगायतका विषयमा जोड दिएर काम गर्ने स्पष्ट पार्नुभयो । 
 
आर्थिक मामिलामन्त्री चुमानले आगामी वर्ष गण्डकीमा लगानी सम्मेलन आयोजना गर्न ‘इन्भेष्ट गण्डकी’ परियोजना सञ्चालनमा ल्याउने पहिलो निर्णय गर्नुभएको छ । सार्वजनिक–निजी–साझेदारी तथा निजी लगानीमा कार्यान्वयन गर्ने आयोजनाको अध्ययन गर्न आगामी वर्ष ‘इन्भेष्ट गण्डकी’ परियोजना सञ्चालन गर्ने निर्णय गरिएको हो । 
 
आर्थिक मामिला मन्त्रालयका सचिवको नेतृत्वमा रहने ‘इन्भेष्ट गण्डकी’ परियोजना अध्ययन कार्यदलले पर्यटन, कृषि, औद्योगिक पूर्वाधार र जलविद्युतका क्षेत्रमा लगानी आकर्षण गर्न परियोजनाको अवधारणा तयार पार्नेछ । 
 
मन्त्री चुमानको पदवहाली कार्यक्रममा गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष श्रीकान्त शर्मा खतिवडा, सदस्य डा सुवास अधिकारी, आर्थिक मामिला मन्त्रालयका सचिव बलराज रिजाल लगायतको उपस्थिति रहेको थियो । 
 
गत चैत २५ गते मन्त्री  नियुक्त हुनुभएका चुमानको मन्त्रालय शनिबार तोकिएको थियो । उहाँ नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशसभा सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago