भर्खरै

हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर

  • प्रकाशित मिति : शुक्र, बैशाख १४, २०८१
  • - विद्युत संसार संवाददाता
title
काठमाडौँ, १४ वैशाख । हिमालयन हाइड्रो एक्स्पो २०२४ मा कोमात्सु स्काभेर सार्वजनिक गरिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले स्काभेटरलाई हाइड्रो एक्स्पोकै अवसरमा सार्वजनिक गर्नुभएको हो । 
 
जापानीज कम्पनी कोमात्सुको उक्त स्काभेटर भारतमा एसेम्बलिङ गरिएको हो । यसमा कोमात्सुको एक सय ४७ हर्सपावर क्षमताको आफ्नै इञ्जिन रहेको छ । कोमात्सुका स्काभेटर चार र छ सिलिण्डर दुवैमा उपलब्ध छन् । यो स्काभेटरले अन्य स्काभेटरको तुलनमा कम इन्धन खपत गर्छ ।
 
 यसको अघिल्लो संस्करण भन्दा यो संस्करणको मूल्य रु १० लाख कम रहेको नेपालका लागि कोमात्सु स्काभेटरको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिका प्रबन्धक प्रदीप बरालले जानकारी दिनुभयो । हाइड्रो एक्स्पोमा सार्वजनिक गरिएको स्काभेटर एक्स्पो अवधिमै तीन वटा बुकिङ भइसकेको पनि बरालले बताउनुभयो । 
 
उहाँका अनुसार यसमा कोमट्याक्स जडान गरिएको र यो प्रविधिलाई सजिलैसँग मोबाइलमा लिङ्कअप गरेर घरमै बसीबसी सबै गतिविधिको अनुगमन गर्न सकिन्छ । यो स्काभेटरको मेन्टिनेन्स खर्चसमेत निकै कम रहेको कम्पनीले बताएको छ । यो स्काभेटर जनरल कन्स्ट्रक्सन र हाइड्रोपावर निर्माणमा निकै उपयोगी हुने प्रबन्धक बरालको भनाइ छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago