भर्खरै

राज्यको प्राथमिकतामा उद्यामशीलताः उद्योग मन्त्री भण्डारी

  • प्रकाशित मिति : मंगल, बैशाख १८, २०८१
  • - विद्युत संसार संवाददाता
title
काभ्रेपलाञ्चोक, १८ वैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्यामशीलताका लागि राज्यले सहुलियत नीतिलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । 
 
काभ्रेपलाञ्चोकको सीमाक्षेत्र भक्तपुरको सूर्यविनायक नगरपालिका–१० मा अवस्थित एक सय ४३ फिट अग्लो कैलाशनाथ महादेव मूर्ति परिसरमा भारतको आइसिटी ग्रुपद्वारा निर्मित फच्र्युन रिसोर्ट एन्ड वेलनेस स्पाको आज एक समारोहबीच उद्घाटन गर्दै उहाँले उद्योगजन्य उद्यमशीलतामा उत्पादनका आधारमा सरकारले अनुदान तथा सहुलियत दिने बताउनुभएको हो । 
 
“उद्योगजन्य, खानी तथा खनिजजन्य क्षेत्र, उद्यमशीलता, साना–मझौला उद्यमको विकास आजको आवश्यकता हो, कृषि उपजका क्षेत्रहरुलाई पनि समेटेर उद्यमशीलतामा जोड दिऔँ, उत्पादनका क्षेत्र पहिचान गरौँ, सरकारले उत्पादनको आधारमा अनुदान तथा सहुलियत दिनेछ”, मन्त्री भण्डारीले भन्नुभयो । उहाँले नेपालमा खाद्यान्न आयातलाई प्रतिस्थापन गर्न नेपालमै आवश्यक खाद्यान्न उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “उद्यमशीलता विकासले रोजगारी सृजना हुन्छ, काम गर्ने अवसर प्राप्त हुन्छ र सरकारको आन्तरिक राजश्व वृद्धिमा पनि टेवा पुग्नेछ ।”
 
मन्त्री भण्डारीले बाह्य लगानीलाई प्रोत्साहित गर्नुपर्ने बताउनुभयो । “निजी होटल, रिसोर्ट निर्माणले पर्यटकीय गन्तव्य बढ्दछन्, पर्यटन ‘हब’का रुपमा विकास हुँदा विदेशी पर्यटकलाई आकर्षण गर्न सकिन्छ”, उहाँले भन्नुभयो । नेपालका अन्य क्षेत्रमा पनि लगानी गर्न सरकार प्रोत्साहन गर्ने उहाँको धारणा थियो । उहाँले भन्नुभयो, “तेस्रो लगानी सम्मेलन सम्पन्न हुँदा नेपालको उद्योग, पर्यटन, कृषिमा सरकारले प्राथमिकीकरण गरेका क्षेत्रहरुमा मित्रराष्ट्रका लगानीहरुलाई हामी भित्र्याउन चाहन्छौँ ।” मन्त्री भण्डारीले नेपालको आन्तरिक स्रोत र साधनको उपयोग गर्न सक्यौँ भने उद्यमशीलतामार्फत व्यापार घाटा न्यूनीकरण हुँदै जाने अपेक्षा गर्नुभयो । 
 
उहाँले भन्नुभयो, “असन्तुलन भएको व्यापार घाटा न्यूनीकरणका लागि पनि आन्तरिक स्रोत र साधनको उपयोग र उपभोग गर्नैपर्छ ।” जल सम्पदाको अपार धनी नेपालमा ऊर्जाको विकास नै समृद्धिको आधार भएको मन्त्री भण्डारीको भनाइ थियो । उहाँले सरकारले उद्यामशीलताका माध्यमबाट राष्ट्रिय पूँजी निर्माण गरी रोजगारी सृजना गर्नसके मात्र ‘सुखी नेपाली र समृद्ध नेपाल’को आकाङ्क्षा पूरा हुने बताउनुभयो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago