भर्खरै

डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो

  • प्रकाशित मिति : बुध, बैशाख १९, २०८१
  • - विद्युत संसार
title
काठमाडौँ, १९ वैशाख । डिभिजनल वन कार्यालय ललितपुरले डढेलो नियन्त्रणसम्बन्धी राम्रो ज्ञान नभइ नियन्त्रणमा जाँदा ललितपुरमा दुई जानाको ज्यान गएको जनाएको छ ।  
 
गोदावरी नगरपालिका(४  बडीखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा शङ्कर पहरीको मङ्गलबार तथा रमेश पहरीको आज बिहान मृत्यु भएको हो । 
 
कार्यालयका अनुसार गोदावरी नगरपालिका-६ टीकाभैरवको सामुदायिक वन, सोही नगरपालिका-५ महादेव खोला सत्य सामुदायिक वन, वडा नं ४ बडिखेलको तपेश्वर मन्दिर वन, वडा नं ९ छेडा सामुदायिक वनमा डढेलो लागेको थियो । 
 
यसैगरी वडा नं ३ जयभद्र सामुदायिक वन, वडा नं १० चारघरे सामुदायिक वन, वडा नं ९ ढुङ्गेनी पातले सामुदायिक वन, वडा नं २ ताप्लेछाप सामुदायिक वन, बागमती गाउँपालिका५ कुँडुल्लेको सरकारी वन र महालक्ष्मी नगरपालिका(३ लुभु पातले सामुदायिक वनमा डढेलो लागेको थियो । 
 
डिभिजनल वन कार्यालय ललितपुरका वन अधिकृत थीरप्रसाद कोइरालाले वन क्षेत्रमा लागिरहेको डढेलो सुरक्षित रहेर नियन्त्रण गर्ने  ज्ञानको अभाव हुँदा दुई जनाले ज्यान गुमाउनु परेको बताउनुभयो । 
 
“डढेलो भिरालो ठाउँमा लाग्दा निभाउन असजिलो भयो,” उहाँले भन्नुभयो, “तलबाट आगो बल्दै माथि आउने भएकाले माथि बसेर नियन्त्रण गर्न खोज्दा ज्यान गएको हो, आगो नियन्त्रण गर्दा जहिले पनि आगोको लप्का आउने दिशाभन्दा विपरीत बस्नुपर्छ ।”
 
तर कहिलेकाहीँ हावा चल्दा आगो विपरीत दिशातिर आइदिने भएकाले नसोचेको घटना हुने डोल्पाका डिभिजनल वन अधिकृत मुनबहादुर राउतले बताउनुभयो । गत चैत महिनामा डोल्पाको ठुलीभेरी नगरपालिकाको मष्टा सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा तीन जना नेपाली सेनाले ज्यान गुमाएका थिए ।  
 
यसैगरी नेपाल प्राविधिक सङ्घका अध्यक्ष राकेश कर्णले वन डढेलो नियन्त्रणका कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्नुपर्ने सुझाव दिनुभयो  । “अधिकांश वन डढेलो मानिसले जानाजान लगाएका हुन्छन्, मानवीय गतिविधि नियन्त्रण गर्न जरुरी छ, ” उहाँले भन्नुभयो, “वन व्यवस्थापनको क्रियाकलापलाई उच्च प्रथामिकता दिन जरुरी छ ।”
 
मानिसले जङ्गलमा आगो लगाएमा कारबाही हुने कानुनी व्वस्था छ । वन ऐन २०७६ को दफा ४९ को ‘घ’ मा राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा सजाय हुने व्यवस्था छ । 
 
वन डडेलो व्यवस्थापन रणनीति २०६७ मा  डढेलो व्यवस्थापन गर्न आवश्यक नीतिगत तथा संस्थागत संरचनाको निर्माण एवं सुदृढिकरण गर्ने, डढेलो रोकथाम तथा नियन्त्रणमा स्थानीय, सरकारी तथा गैर सरकारी निकाय परिचालन गर्ने, डढेलोको जोखिमबारे अग्रिम जानकारी लिने र पूर्व तयारी गर्ने लक्ष्य रहेको उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago