भर्खरै

तनहुँ जलविद्युत् आयोजना प्रभावितलाई सीपसँगै प्रविधि हस्तान्तरण

  • प्रकाशित मिति : शुक्र, बैशाख २१, २०८१
  • - विद्युत संसार संवाददाता
title
दमौली (तनहुँ), २१ वैशाख । तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दालाई सीपसँगै प्रविधि हस्तान्तरण गरिएको छ । यहाँ निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको जलविद्युत् आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई आयआर्जनमा संलग्न गराउन मौरीसहितका घार र अन्य सामग्री हस्तान्तरण गरिएको हो । 
 
प्रभावित क्षेत्रका बासिन्दालाई आयआर्जनमा जोड्दै आत्मनिर्भर बनाउन मौरीपालन तालिम दिइएको तनहुँ जलविद्युत् आयोजनाका सहायक प्रबन्धक सुरज तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार ऋषिङ गाउँपालिका र व्यास नगरपालिकाका दश जनालाई मौरीसहितको घार, धुवाँदानी र घुम्टो सहयोग गरिएको छ । 
 
उहाँले भन्नुभयो, “आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई मागअनुसारको सीपमूलक तालिम सञ्चालन हुँदै आएको छ, मौरीपालन तालिम पनि मागअनुसार नै सञ्चालन गरिएको हो ।” आयोजनाले प्रभावित क्षेत्रमा बाख्रापालन, मौरीपालन, सिलाइकटाइ लगायतका सीपमूलक तालिम सञ्चालन गरेको छ । 
 
तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले तालिमबाट सिकेको सीपलाई व्यवहारमा उतार्न सके आत्मनिर्भर बन्न सकिने उल्लेख गर्नुभयो । 
 
तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत जीविकोपार्जन अधिकृत दीपक बोहोराले प्रभावित परिवारप्रतिको सामाजिक उत्तरदायित्व क्रमशः पूरा गर्दै जाने बताउनुभयो । 
 
आयोजनाले सामाजिक कामलाई समेत प्राथमिकतामा दिएको छ । सामुदायिक विकास कार्यक्रमअन्तर्गत प्रभावित क्षेत्रमा उपभोक्ता समितिमार्फत सामुदायिक विकासका कार्यक्रम सञ्चालन गरिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो । उपभोक्ता समितिमार्फत सञ्चालिन योजनाको वातावरणीय तथा सामाजिक व्यवस्थापन सेवा प्रदायकबाट नियमितरुपमा अनुगमन तथा सुपरिवेक्षण गरिएको उहाँको भनाइ छ । 
 
आयोजनाले हालसम्म ५७ योजना सम्पन्न गरेको छ । त्यस्तै नौ योजना सञ्चालनमा रहेका छन् । भण्डारीका अनुसार ऋषिङ गाउँपालिका–१ स्थित गणेश आधारभूत विद्यालयको कम्पाउण्ड वाल, म्याग्दे गाउँपालिका–१ स्थित विजय आधारभूत विद्यालयको खेलमैदान सुधार, भिमाद नगरपालिका–५ स्थित दीपक माध्यमिक विद्यालय भवन, व्यास–५ स्थित पराशर आधारभूत विद्यालय भवन, पाटन ढल निर्माण, भिमाद–५ स्थित वान्ताङ खोला क्रसिङ संरक्षण र ऋषिङ–१ झापुटारस्थित सभाहल निर्माण जारी छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago