भर्खरै

एक वर्ष भित्र पूर्ण विद्युतीकरण गर्ने सरकारको लक्ष्य छः ऊर्जा मन्त्री बस्नेत

  • प्रकाशित मिति : बिही, बैशाख २०, २०८१
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, २० वैशाख । ऊर्जा जलस्रोत तथ सिँचाई मन्त्री शक्ति बस्नेतले एक वर्ष भित्र देशलाई पूर्ण विद्युतीकरण गर्ने लक्ष्य सरकारले लिएको बताउनुभएको छ ।
बुधबार बालाजुमा आयोजित नेपाल इलेक्ट्रिसियन संघ काठमाडौंको चौधौं वार्षिक साधारण सभा एवं सातौ अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले एक वर्ष भित्र देशलाई पूर्ण विद्युतीकरण गर्ने विषय इलेक्ट्रिसियनहरुका लागि गौरव र खुसिको कुरा भएको बताउनुभयो । 
 
नेपालमा विद्युत उत्पादनको इतिहास अनुसार हालको करिव ३३ सय मेगावटमात्र उत्पादन हामीलाई कमी लागेपनि विगत केही वर्षयता विद्युत विकासले ठूलो फड्को मारेको बताउनुभयो । “१९६८ मा फर्पिङ जलविद्युतको कुरा गरिराख्नु परेन २०७२ सम्म जम्मा ८ सय मेगावट रहेकोमा आज ८ वर्षमा करिव ३३ सय मेगावट पुग्नु देशमा ऊर्जा क्षेत्रले ठूलो फड्को मारेको छ र देशको विकास र अर्थतन्त्र खस्कदो छ भन्दैगर्दा यस्ता तथ्यले देशको विकास र अर्थतन्त्र खस्कदो होईन, प्रगतितर्फ उन्मुख भएको देखाउँछ ।” मन्त्री बस्नेतले भन्नुभयो ।
 
ऊर्जा क्षेत्र केवल देशको पूर्वाधार विकास मात्र होईन यसले देशको आर्थिक क्षेत्रको महत्वपूर्ण हिस्साको रुपमा उभिएको छ । नेपालको ऊर्जा क्षेत्र समग्र सम्वृद्धिको एउटा आधार पनि हो । यससैलेपनि नेपालमा ऊर्जा क्षेत्रको गरिमा अझबढ्दो छ । यसकारण इलेक्ट्रिसियनहरुका लागि यो विषय गौरवको विषय रहेको उहाँको भनाई रहेको छ । 
 
कार्यक्रममा संघका अध्यक्ष प्रकाश कुमार दाहालले आफ्नो भनाई राख्दै इलेक्ट्रियनहरुको विभिन्न माग गर्नुभएको छ । उहाँले सरकारले इलेक्ट्रियनहरुलाई समय सापेक्षा तालिम देखि इलेक्ट्रियन लाईसेन्स प्रदान गर्न आग्रह गर्नुभयो । उहाँले भवन निर्माणको नक्सापास गर्दा इलेक्ट्रिक इन्जिनियरको हस्ताक्षर सहित इलेक्ट्रिक ड्रोईन अनिर्वाय गर्न, विद्युतीय सामग्रीहरुको गुणस्तरमा एकरुपता ल्याउन ल्यावटेष्टको व्यवस्था गर्न लगायतको माग गर्नुभएको थियो ।
 
कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशम प्रसद देवकोटाले इलेक्ट्रियनहरुलाई परेका समस्याको समाधान गर्न महासंघ सदैव तत्पर रहेको बताउनुभयो । उहाँले विद्युतीय क्षेत्र सम्वेदनशिल भएकोले  यसका सामग्रीहरुपनि गुणस्तयुक्त हुनुपर्ने विषयलाई महासंघले गम्भिरता दिदैँ आएको र सरकारले पनि आवश्यक पहल गरिदिन आग्रह गर्नूभयो । हाल नेपालमा इन्धनबाट चल्ने चुलोलाई विस्थापन गर्न इलेक्ट्रिक चुलोको प्रयोग बढ्दो छ तर गुणस्तरियातामा ध्यान नदिदाँ यसले दुर्घटना बढाउन सक्ने बताउनुहुदै अध्यक्ष देबकोटाले सरकारले विद्युतीय सामग्रीहरुको ल्यावटेस्ट जस्ता विषयमा समयमा नै ध्यान दिन आवश्यक रहेको बताउनुभयो । व्यवसायीले स्वदेशमा नै सामग्री उत्पादनको नीति ल्याएमात्र देशको आर्थिक अवस्था सुधार हुने र पेशागत इलेक्ट्रिसियनहरुलाई अझ सहयोग पुग्ने बताउनुभयो । 
 
नेपाल प्यानलकोर्ड एशोसिएशन तथा नेपाल इलेक्ट्रिकल कनट्याक्टर एसोसिएसनका अध्यक्ष, एलआर तामाङ्गले विल्डिङ्गको इलेक्ट्रिफिकेसन कोड ३० वर्ष पुरानो भएको र आजको प्रविधिको युगमा पनि पुर्णनिर्माण हुन नसक्नु सरकारको कमजोरी रहेको औल्याउनु भयो । उहाँले विद्युत क्षेत्र संवेधनशिल भएको र वर्षेनी धेरैमात्रामा धनजनकोको क्षति हुनेगरेको भएपनि इलेक्ट्रिकल सेफ्टीलाई विशेष ध्यान नदिएको प्रति दुख व्यक्त गर्नुभयो उहाँले जहाँ विद्युत पुग्दछ त्यहाँ विद्युतीय सुरक्षाको नियम पुग्नआवश्यक छ विद्युतीय सुरक्षामा विभिन्न सभा समारोह भन्दा पनि उपभोक्तासम्मलाई नै यसको जानकारी गराउन सरकार देखि इलेक्ट्रिििसयनहरु सम्मको विशेष भुमिका हुने उहाँको भनाई थियो । 
काठमाडौं विद्युतीय व्यवसायी संघका अध्यक्ष दिवेश कुमार जैनले नेपाल इलेक्ट्रिसियन संघ र विद्युतीय व्यवसायी संघविचको सम्बन्ध नङ्ग र मासुको जस्तो रहेको इलेक्ट्रिसियन संघलाई परेका समस्या समाधानमा हामी तत्पर समेत रहेको बताउनुभयो । 
 
कार्यक्रममा संघमा आवद्ध सदस्यहरुका छोराछोरी एसईईमा उत्र्तिण रोजन महर्जन, न्युजल प्रजापती, जीप चौधरी, निर्जला घिमिरे, संकर विसि, रुजा बानियाँ, ऋषिराम कुमार सिंह, प्रविना सापकोटालाई नगद सहित सम्मान गरिएको थियो ।
 
संघको कार्यक्रमलाई आके इलेक्ट्रिक ओभरसिज प्रालि., प्रकाश ग्रुप टेडिङ्ग प्रा.लि., अर्किड इलेक्टिकल्स प्रा.ल्,ि जानकी केवुल इण्डष्ट्रिज प्रा.लि., प्रिमियर ओभरसिज प्रालि, जनता केबुल इण्डष्ट्रिज प्रा.लि., मेगा लाईट मेसिनरी टुल्स्, युनिलाईट इन्टरनेशनल प्रा.लि., फ्रेकिङ्ग सोलुसन, ओमराधा इन्टरप्राईजेज, एविन इन्टरनेश्नल, नबगंगा ट्रेडर्स, पायोनियर इलेक्ट्रोकेवल्स प्रा.लि., न्यूप्लाट इण्डष्ट्रिज प्रा.लि. , केके लाईट हाउस, एटुजोट मर्मत सेवा लगायतले सहयोग गरेको थियो । 
 
संघले १३५ औं अन्तराष्ट्रिय मजदुर दिवसको दिन पारेर ऊर्जा जलश्रोत तथा सिंचाइ मन्त्री शक्ति बहादुर बस्नेतको प्रमुख आतिथ्यमा सातौं अधिवेशन एवं चौधौं वार्षिक साधारण सभा सम्पन्न गरेको हो । कार्यक्रम बालाजु स्कुल अफ इन्जिनियरिङ्ग कलेजको सभा हल बालाजुमा सम्पन्न भएको थियो । 
संघले इलेक्ट्रिसियन पेसामा प्रत्यक्ष संलग्न भइ संघमा आवद्ध इलेक्ट्रिसियनहरूको समग्र विकासमा प्रति समर्पित रहेको संस्था हो । सङ्घले आफ्नो सदस्यहरुको हकहितका लागि सरोकार निकाय सम्म आवाज उठाउँदै अभिावकीय भूमिका निर्वाह गर्दै आईरहको छ ।
 
नेपाल इलेक्ट्रिसियन संघ काठमाडौंको चौधौं वार्षिक साधारण सभा एवं सातौ अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्षमा दामोदर प्याकुरेलको अध्यक्षमा निर्वतमान अध्यक्ष बाहेक १९जानको नयाँ कार्यसमिति निर्विरोध निवार्चित भएका छन् । अध्यक्षमा प्याकुरेल हुनुभएका छन् भने उपाध्यक्षमा पदमनाथ शर्मा, महासचिवमा प्रकाश दुलाल, सचिवमा राधेश्याम शर्मा फूँयाल, कोषाध्यक्षमा भरत मुडभरी, सह—कोषाध्यक्षमा ध्रुर्व कुमार सिंह हुनुभएको छ भने कार्यसमिति सदस्यहरुमा रामचन्द्र पौडेल (बाजे), अच्युत सापकोटा, गणेश रिजाल, सन्तोष बस्नेत, दावा तामाङ्ग, बाबुराम मानन्धर, राम बहादुर महत, शिव कुमार श्रेष्ठ, द्धारिका प्रसाद चालिसे, संञ्जिव कुमार चौधरी, राम शरण मिश्र, कविन्द्र काफ्ले निविरोध निर्वाचित हुनुभएको छ भने अध्यक्ष बाट २ जना मनोनितमा क्रमश रमेश राउत कुर्मी र गोविन्द ढकाल समेत चयन गरिएको थियो ।
नेपाल इलेक्ट्रिसियन संघ काठमाडौंको चौधौं वार्षिक साधारण सभा एवं सातौ अधिवेशनमा अध्यक्ष प्रकाश कुमार दाहालले गत बर्ष २ कार्यकालमा रहेका कार्यसमितिका सदस्यहरुलाई मायाको चिनो प्रदान गर्नुभएको थियो भने कार्यक्रमका उद्घोषक तथा संचालिका पूर्व सचिव मन्दिरा भण्डारीले कार्यक्रम संचालन गर्नुभएको थियो ।
 

प्रतिक्रिया