भर्खरै

महिला उद्यमशीलता प्रवर्द्धन गर्न नयाँ बजेटले प्राथमिकता दिन्छः अर्थमन्त्री पुन

  • प्रकाशित मिति : मंगल, बैशाख २५, २०८१
  • - विद्युत संसार संवाददाता
title
काठमाडौँ, २५ वैशाख । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटले महिला उद्यमशीलतालाई प्राथमिकतामा राख्ने जानकारी दिनुभएको छ । हिजो अर्थ मन्त्रालयमा महिला उद्यमी महासङ्घका पदाधिकारीसँगको पूर्वबजेट छलफलका क्रममा उहाँले उद्यमशीलता प्रवर्द्धन र आन्तरिक उत्पादकत्व बढाएर मात्रै मुलुकले आर्थिक समृद्धि हासिल गर्न सकिन्छ भन्नुभयो । आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा महिला उद्यमी लक्षित सहुलियतपूर्ण व्यवस्थाहरु ल्याइने अर्थमन्त्री पुनको भनाइ छ ।
 
“महिलाको आर्थिक अवस्था राम्रो भए छोरीहरुले अनिवार्य गुणस्तरीय शिक्षा पाउने अवस्था बन्छ । राम्रो शिक्षा भएपछि छोरीहरु आफैँ आत्मनिर्भर बन्छन् । छोरीहरु आर्थिक रुपले अघि आउँदा मात्र राजनीति, प्रशासन, सामाजिक सेवा सबैतिर महिला अगाडि आउने वातावरण बन्छ”, अर्थमन्त्री पुनले भन्नुभयो । मुलुकको समग्र विकास र समुन्नतिका लागि महिला आर्थिक रुपमा सक्षम हुन जरुरी रहेको उहाँको भनाइ छ ।
 
      महिलाका नाममा घरजग्गा दर्ता गर्दा शुल्क छुट दिने सरकारको नीतिका कारण अहिले धेरै महिला सम्पत्तिको मालिक भएको उहाँले दाबी गर्नुभयो । “अहिले २७ प्रतिशत महिलासँग सम्पत्ति भएकाले व्यवसाय गर्दा बैंकले ऋण पत्याउने अवस्था छ । पुरुषलाई सम्पत्ति धितो राखेर व्यवसाय गर्छु भन्ने अवस्था पर्याप्त छ । तर, कमै मात्र छोरीहरुको हातमा सम्पत्ति भएकाले ऋण लिएर व्यवसाय गर्ने अवस्था अझै छैन”, अर्थमन्त्री पुनले भन्नुभयो, “आगामी आर्थिक वर्षको बजेटमा हजारौं छोरीहरुलाई कसरी उद्यमी बनाउन सकिन्छ भन्ने विषयमा सोचिरहेको छु ।”

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago