भर्खरै

पारदर्शीता र सुशासन एकअर्काका पूरक: राष्ट्रपति

  • प्रकाशित मिति : बिही, बैशाख २७, २०८१
  • - विद्युत संसार संवाददाता
title
काठमाडौँ, २७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले पारदर्शीता र सुशासन एकअर्काका पूरक भएको बताउनुभएको छ । उहाँले न्यायोचित ढङ्गबाट कार्यसम्पादन गरिरहनुभएका लेखापरीक्षक राष्ट्रका आर्थिक पहरेदार रहेको बताउनुभयो । 
 
नेपाल चार्टर्ड एकाउन्टेन्टस् सङ्घ (एक्यान) द्वारा आज यहाँ आयोजित राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुँदै राष्ट्रपति पौडेलले भन्नुभयो, “मुलुकभर सक्रिय लेखापरीक्षककै कारण भएका स्पष्ट हिसाबलाई हामीले आर्थिक सुरक्षाको एउटा पाटोका रुपमा लिन सकेका छौँ, हरबखत चनाखो रहेर हिसाब मिलान गर्नु गराउनु नै लेखापरीक्षकको उच्चतम धर्म हो, आफ्नो कर्ममा धर्म नबिर्सनु नै न्याय हो, तसर्थ, न्यायोचित ढङ्गबाट कार्यसम्पादन गरिरहनुभएका लेखापरीक्षक राष्ट्रका आर्थिक पहरेदार हुनुहुन्छ ।”  
 
लेखापरीक्षकको सक्रियताका कारण मुलुकमा हुने आर्थिक क्रियाकलापमा पारदर्शिता कायम गर्न योगदान पुगेको विश्वास व्यक्त गर्नुहुँदै राष्ट्रपति पौडेलले सम्बन्धित निकायलाई पारदर्शी र जवाफदेही बनाउन चार्टर्ड एकाउन्टेन्टका विषयमा ज्ञान भएका दक्ष व्यक्तिको आवश्यकता र भूमिका महत्वपूर्ण हुन्छ भन्नुभयो । 
 
“कुनै देशले सहयोग गर्दा हेर्ने भनेको त्यो देशको खर्च र हिसाब प्रणालीको पारदर्शिता हो, देशको आर्थिक विकास र राजस्व परिचालनमा विश्वसनीय वातावरणको अभिवृद्धि यसैबाट हुन्छ, विकास निर्माणका ठूलो खर्चमा प्रयोग हुन सक्ने फर्जी बिल र राजस्व छलीको नियन्त्रण लेखापरीक्षणबाटै सम्भव हुन सक्दछ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
 
सम्मेलनको उद्घाटन समारोहमा कृषि तथा पशुुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले लेखापरीक्षकको भूमिकाको प्रशंसा गर्दै स्पष्ट लेखापरीक्षणको आवश्यकताबारे उल्लेख गर्नुभयो ।  “विकास निर्माणका नाममा हुने ठूलो खर्चमा प्रयोग हुँदै आएको फर्जी बिल र राजस्व छलीको नियन्त्रण लेखापरीक्षणबाटै सम्भव भएको हो”, मन्त्री साहले भन्नुभयो, “यसरी एक्यानले मुलुकको वित्तीय सुशासन, लेखापरीक्षणका माध्यमबाट योगदान दिँदै आएको छ । नयाँ पुस्ताका चार्टर्ड एकाउन्टेटहरुले राष्ट्रको आर्थिक विकासमा लेखाको महत्वका साथै लेखा व्यवसायीलाई बदलिँदो आर्थिक अवस्थाबारे जनचेतना जगाउनुपर्छ, त्यो अत्यन्तै प्रशंसनीय छ ।”
 
एक्यानका अध्यक्ष दिपक पाण्डेले सम्मेलनले देशको आर्थिक सङ्कट र समाधानका विषयमा बहस गर्दै निकासको बाटो खोल्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालको अर्थतन्त्रमा सुक्ष्मरुपमा के–कस्ता समस्या देखिएका छन् र त्यसको समाधान के हो भन्ने विषयमा पहिलो सत्रमा छलफल गर्दैछौँ । यस्तै नीतिगत सुधार र विकासबारे घनिभूत छलफल गर्दैछौँ ।” 
 
सम्मेलनमा एक्यानले डा सन्दुक रुइत, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मान गरेको छ । उक्त सम्मेलनले मुलुकको समृद्धिको र आर्थिक विकासका विषयमा हुने छलफल एवं बहसमा अर्थशास्त्री, उद्योगी, बैंकर्स र नीति निर्मातालगायतको सहभागिता रहने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago