भर्खरै

निजी क्षेत्रको सहकार्यबिना देशको आर्थिक समृद्धि हुन सक्दैन: प्रधानमन्त्री दाहाल

  • प्रकाशित मिति : शुक्र, बैशाख २८, २०८१
  • - विद्युत संसार संवाददाता
title

नवलपरासी, २८ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्य र निजी क्षेत्रको सहकार्यबिना देशको आर्थिक समृद्धि हुन नसक्ने जिकिर गर्नुभएको छ । 
 
लक्ष्मी गुप्रअन्तर्गतको लक्ष्मी मोटर अपरेशनले पश्चिम नवलपरासीको रामग्राममा हुन्डाई कम्पनीका गाडीको जडान(एसेम्बेलिङ) उद्योगको आज शुभारम्भ गर्नुहुँदै  प्रधानमन्त्री दाहालले निजी क्षेत्रको सहकार्य अनिवार्य रहेको बताउनुभएको हो । 
 
पछिल्लो समय देशमा आर्थिक क्षेत्रको आधारभूत सूचक परिस्कृत हुँदै गएको जिकिर गर्नुहुँदै प्रधानमन्त्री दाहालले नेपालमा बाह्य लगानी मैत्री वातावरण सिर्जना गर्न सकारात्मकरुपमा काम गरिरहेको जानकारी दिनुभयो । 
 
सरकार आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रम र बजेट तयार गरिरहेकाले उक्त बजेटमा उत्पादन, उत्पादकत्व र रोजगारीजन्य गतिविधिलाई मुख्य प्राथमिकता दिइने प्रधानमन्त्री दाहालले बताउनुभयो । 
 
देशमा औद्योगिक वातावरण सिर्जना गर्ने सरकारको मुख्य लक्ष्य रहेको दाबी गनुहुँदै उहाँले देश विकासमा नयाँ गति सिर्जना गर्न देशको आर्थिक समृद्धि मुख्य विषय रहेको स्पष्ट पार्नुभयो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

मौद्रिक नीति २०८१/८२ः बजेटका पाँच कार्यक्रमलाई प्राथमिकता

काठमाडौँ, ११ साउन । सरकारले चालु आर्थ 20 hours ago

संस्थागत शेयर धितो कर्जामा २० करोडको सीमा खारेज

काठमाडौँ, ११ साउन । नेपाल राष्ट्र बैं 20 hours ago