भर्खरै

जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन

  • प्रकाशित मिति : शुक्र, बैशाख २८, २०८१
  • - विद्युत संसार संवाददाता
title
काठमाडौँ, २८ वैशाख । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ‘नाइन एन–एकेएक्स’ कलसाइन न्यारोबडी ए–३२० जहाजको इञ्जिन मर्मतमा ढिलाइ भएको सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ । 
 
निगम सञ्चालक समितिको बैठकले सञ्चालक समिति सदस्य क्याप्टेन सुधिर शमशेर राईको संयोजकत्वमा पाँच सदस्यीय छानबिन उपसमिति गठन गरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो । 
 
उहाँका अनुसार समितिलाई निगमको जहाजको इञ्जिन इजरायल एरोस्पेस इन्डस्ट्रिज ९आइएआई०मा मर्मत संभार गर्न पठाइएकोमा समयमा नआएको र भाडाको इञ्जिन समयमा नदिएको सम्बन्धमा छानबिन एवं अध्ययन गरी १५ दिनभित्र उपयुक्त राय सिफारिससहित प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ । 
 
निगमको न्यारो बडी जहाजको इजरायलमा इञ्जिन मर्मत गर्न करिब पाँच महिना लागेको थियो । निगमको उक्त जहाज मर्मतपछि अहिले नियमित उडानमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago