भर्खरै

काठमाडौँमा नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

  • प्रकाशित मिति : सोम, जेठ ७, २०८१
  • - विद्युत संसार संवाददाता
title
काठमाडौँ, ७ जेठ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो सादा मनिटरमा लेबलिङ गरी कम्प्युटर मनिटर बेचबिखन गरेको अभियोगमा दुईजनालाई पक्राउ गरी हिजो सार्वजनिक गरेको छ । 
 
जिल्ला प्रहरी परिसरमा हिजो पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलाई सार्वजनिक गरिएको हो । पक्राउ पर्नेमा बर्मा देश घर भई हाल काठमाडौँ महानगरपालिका–२२ बस्ने २२ वर्षीय तुसार अग्रवाल तथा न्युरोडमा पसल रहेका उमेश मुडभरी रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
 
उहाँले भन्नुभयो, “काठमाडौँ महानगरपालिका–२२ स्थित मुकुन्द्र श्रेष्ठको घरगोदाममा डेल कम्पनीको लोगो सादा मनिटरमा लेबलिङ गरी कम्प्युटर मनिटर बेचबिखन गरिरहेको सूचनाका आधारमा हाम्रो टोलीले तुसार अग्रवाल र उमेश मुडभरीलाई पक्राउ गरेको हो ।” पक्राउ परेका मुडभरी काठमाडौँको न्युरोडमा पसल सञ्चालन गर्ने व्यक्ति रहेको खुल्नमा आएको प्रहरीले जनाएको छ । 
 
प्रहरीले तुसार अग्रवालको गोदमबाट कम्पनीको लोगोसहित ५० थान तथा लोगोबिनाको एक सय ८५ गरी कूल दुई सय ३५ थान एवं मुडभरीबाट न्युरोड पसलमा बेचबिखनका लागि राखिएको कम्पनीको लोगोसहितको ६ थान मनिटर बरामद गरिएको प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक रजौरेले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago