भर्खरै

भरतपुर महानगर र चीनको छुङ्गसछिङ्गबीच भगिनी सम्बन्ध

  • प्रकाशित मिति : बुध, जेठ ९, २०८१
  • - विद्युत संसार
title
चितवन, ९ जेठ । चितवनको भरतपुर महानगरपालिका र चीनको छुङ्गसछिङ्ग नगरबीच भगिनीसम्बन्ध कायम भएको छ । औद्योगिक सहरका लागि मित्रमिलन कार्यक्रमअन्तर्गत दुवै नगरबीच भगिनी सम्बन्ध कायम भएको हो । 
 
चीनको छुङ्गसछिङ्स नगरमा भएको कार्यक्रममा भरतपुर महानगरका प्रमुख रेनु दाहाल र छुङगसछिङ्ग नगरका प्रमुख हुहङ्गफाबीच सम्झौता भएको हो । सो अवसरमा ४७ देशका विभिन्न सहरका प्रमुख तथा उपप्रमुखको उपस्थिति थियो । सो अवसरमा अन्य देशका नगरसँग समेत छुङ्गसछिङ्ग सहरले भगिनी सम्बन्ध कायम गरेको छ । 
 
कार्यक्रममा सहभागी भरतपुर महानगरका विज्ञ सल्लाहकार सुरेशचन्द्र अधिकारीका अनुसार दुई देशबीचको सम्बन्धलाई अझ नयॉ उचाईमा पु¥याउन भरतपुर र छुङ्गसछिङ्गका प्रमुख सहमत भएका छन् । दुई सहरका नागरिकस्तरको सम्बन्ध कायम गर्दै एकले अर्काको विकासमा सहयोग पु¥याउने बारेमासमेत छलफल भएको उहाँले बताउनुभयो । 
 
सो अवसरमा प्रमुख दाहालले भरतपुरको संक्षिप्त परिचय दिँदै भरतपुरको विकास र ठूला पूर्वाधार निर्माणमा लगानी गर्न छुङ्गसछिङ्ग नगरका प्रमुख  तथा त्यहाँका उद्योगपतिलाई आग्रह गर्नुभयो । उहाँले छुङगसछिङ्ग नगरका प्रमुख हुहङ्गफालाई भरतपुरको भ्रमण गर्न आग्रह गर्नुभयो ।
 
भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण वर्षका रुपमा मनाइरहेको छ । कार्यक्रममा भरतपुर महानगरका उपप्रमुख  चित्रसेन अधिकारी, उपनिर्देशक जगन्नाथ अर्याल, इन्जिनियर साकार लामा, सूचना तथा वैदेशिक समन्वय शाखा प्रमुख मेनुका पण्डित, विज्ञ सल्लाहकार अनिलकुमार पाठक, कृष्ण बगाले, गीता कुँवर अधिकारीलगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago