भर्खरै

उपभोक्ता अदालत सरकारको विशेष प्राथमिकतामा: मन्त्री भण्डारी

  • प्रकाशित मिति : शुक्र, जेठ ११, २०८१
  • - विद्युत संसार संवाददाता
title
काठमाडौँ, ११ जेठ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आगामी आर्थिक वर्षमा उपभोक्ता अदालत स्थापना सरकारको विशेष प्राथमिकतामा रहेको बताउनुभएको छ ।
 
नेकपा (एमाले)को उपभोक्ता हित संरक्षण तथा सुशासन विभागको आज मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझ्दै उहाँले सरकारको नीति तथा कार्यक्रममा पनि उपभोक्ता अदालतको विषय आइसकेको र बजेटसमेत सुनिश्चित भइसकेकाले आगामी आवमा स्थापना हुने बताउनुभयो ।
 
मन्त्रालयबाट बजार अनुगमनलगायतका क्रियाकलाप भइरहेका भए पनि प्रभावकारी हुन नसकेको उल्लेख गर्दै मन्त्री भण्डारीले उपभोक्ता अदालत स्थापनापछि सहज र भरपर्दो हुनेमा जोड दिनुभयो । मन्त्रालय मातहत कुनै पनि दण्ड जरिवाना गर्दा रु तीन लाखभन्दा बढी लिन नपाइने प्रावधान रहेको उल्लेख गर्दै उहाँले उपभोक्ता अदालत स्थापना भएपछि गल्तीअनुसारको दण्ड तथा जरिवाना गर्न सकिने उल्लेख गर्नुभयो । 
 
उपभोक्ता अदालत स्थापनाका लागि भवनको खोजी भइरहेको उल्लेख गर्दै मन्त्री भण्डारीले अदालतका लागि सरकारले आवश्यकपर्ने सबै किसिमका स्रोतसाधन उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । सोही क्रममा उहाँले एलपी ग्यासमा उपभोक्ताले बेहोरिरहेको समस्याका विषयमा मन्त्रालयबाट नेपाल आयल निगमलाई पत्राचार गरिएको उहाँले गराउनुभयो । 
 
विभागका प्रमुख जितु गौतमको नेतृत्वको टोलीले मन्त्री भण्डारीलाई साधनस्रोत, प्रविधि र जनशक्ति तथा आवश्यक बजेटसहितको उपभोक्ता अदालतको तत्काल गठन गरी उपभोक्तालाई शीघ्र न्यायको प्रत्याभूति गर्नुपर्नेलगायतका माग राखेर १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको थियो । 
 
श्रम र पुजी लगानी नगरी नाफा आर्जन गर्ने सबै प्रकारका वस्तु तथा सेवामा रहेका विचौलियाको अन्तःगरी उत्पादक वा पैठारीकर्तादेखि उपभोक्तासम्मको बजारको तहलाई उपभोक्तामैत्री हुनेगरी निर्धारण गर्न विभागको माग छ । ध्यानाकर्षणपत्रमा भनिएको छ, “ग्यास सिलिण्डर खरिद गर्दा उद्योगलाई बुझाएको धरौटी रकम र सोको ब्याजको सुरक्षा गरियोस्, उपभोक्ताले सिलिण्डर फिर्ता गर्दा धरौटी रकम र प्रचलित ब्याजसमेत फिर्ताको सुनिश्चितता गरियोस् ।”
 
यस्तै विभागले मन्त्री भण्डारीसमक्ष मापदण्डविपरीत तौलका अवैधरुपमा आयात गरी प्रयोग गरिएका ग्यास सिलिण्डर जुनसुकै बखत पनि विष्फोट भई ठूलो जनधनको क्षति पुग्न जाने भएकाले यस्ता सिलिण्डरको सङ्ख्या यकीन गरेर जफत गरी नष्ट गर्न माग गर्दै यस्ता अवैध सिलिण्डर आयात तथा प्रयोग एवं नियमन सम्बन्धमा छानविन गरी दोषी माथि कारबाहीको माग राखेको छ ।
 
वस्तु र सेवाको बिक्री, भ्रमपूर्ण विज्ञापन, मूल्य र नापतौलमा ठगी तथा स्वच्छ, प्रतिस्पर्धाविरुद्धका कार्यलाई विषयगतरुपमा प्रभावकारी अनुगमन गरी कडाइका साथ नियन्त्रण गर्न माग गरिएको छ । यस्तै विभागले नियामक निकायलाई जिम्मेवार बनाउन, उपभोक्ता हित संरक्षण तथा बजार सुशासनको प्रवद्र्धन गर्न अधिकार सम्पन्न उपभोक्ता संरक्षण आयोगको स्थापना गर्न मन्त्री भण्डारीको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago