भर्खरै

नवलपुर विद्युत व्यवसायी संघको कर शिक्षा तथा खाता व्यवस्थापन तालिम सम्पन्न

  • प्रकाशित मिति : आइत, जेठ १३, २०८१
  • - विद्युत संसार संवाददाता
title
नवलपुर, १३ जेठ । नवलपुर विद्युत व्यवसायी संघको आयोजनामा  कर शिक्षा एवं खाता व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
 
संघले कावासोतीमा शुक्रबार वर्तमान कर व्यवस्था तथा आर्थिक विधेयक २०८० मा भएका छुटरसुविधा र खाता र लेखा व्यवस्थापन बारेमा जानकारी सहित अन्तरक्रिया गराइएको थियो ।
 
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि नेपाल विद्युतीय व्यवसायी महासङ्घका उपाध्यक्ष लेखनाथ सापकोटाले राष्ट्रको विकासमा करको योगदान रहेकाले सबैले आ–आफ्नो ठाउँबाट कर तिर्नुपर्ने बताउनु भयो ।
 
कार्यक्रममा कर अधिकृत सुवेदीले आफ्नो प्रशिक्षणमा नागरिकको दायित्व कर तिर्ने कार्य समेत परेकाले व्यवसायीहरूले पनि समयमा कर तिर्नुपर्ने र करको नियमको पालना गर्नुपर्ने बताउनुभयो । उहाँले सबैलाई करको दायरमा ल्याएर राज्यलाई समृद्धिको यात्रामा सफल पार्नुपर्ने भनाई राख्नुभयो ।
 
त्यस्तै कार्यक्रममा चितवन अडिटर एसोसिएसनका अध्यक्ष प्रदीप ओस्तीले कर प्रशासन थप जिम्मेवार र उत्तरदायी हुनुपर्ने बताउँदै कर तिर्ने सहज वातावरणको सिर्जना गरी करदाताको सम्मान हुनुपर्ने बताउनुभयो ।
आन्तरिक राजस्व कार्यालय नवलपुरको सह९आयोजनमा भएको कार्यक्रममा नवलपुर जिल्लाका कर अधिकृत रामप्रसाद सुवेदी प्रशिक्षक रहेको थियो । 
 
 
कार्यक्रममा व्यवसायी संघका सदस्यहरू तथा सहभागी उद्योगी व्यवसायीले कर सम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए । खाता–लेखा व्यवस्थापन बारेको जानकारी सहित लेखा कसरी राख्ने ?, बिल, बिजक कसरी जारी गर्ने, कति कारोबार हुनेले कस्तो विवरण पेस गर्ने, विवरण तथा कर दाखिला कहिले गर्नेलगायतका विषयमा सहभागी लाई प्रस्ट्याइएको थियो ।
 
कार्यक्रममा उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष वैकुण्ठप्रसाद अर्याल, संघका संस्थापक अध्यक्ष पुरुषोत्तम भुसाल, सल्लाहकार विष्णुकुमार श्रेष्ठ लगायत अतिथि रहेको उक्त कार्यक्रम नवलपुर विद्युत व्यवसायी संघका अध्यक्ष सुजन अधिकारीको सभापतित्वमा भएको थियो । 
संकेत पोष्टको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago