भर्खरै

काठमाडौँको खानेपानी समस्या समाधान गर्न कुलेखानी परियोजना अघि सारिने

  • प्रकाशित मिति : आइत, जेठ १३, २०८१
  • - विद्युत संसार संवाददाता
title
काठमाडौँ, १३ जेठ । बूढालीकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले काठमाडौँ उपत्यकाको खानेपानी समस्या समाधान गर्न कुलेखानी परियोजना अघि सार्ने विषयमा गृहकार्य भइरहेको बताउनुभएको छ । 
 
‘संस्कृतिको उत्थान, इतिहासको संरक्षण र नागरिकको स्वाभिमान: सुशासन, सेवा र विकासमार्फत वडा निर्माण हाम्रो अभियान’ नाराका साथ नगरपालिका वडा नं १० ले आज बिहान आयोजना गरेको ‘सार्वजनिक सुनुवाइ’ कार्यक्रममा उहाँले मेलम्ची आयोजना मात्रले यहाँको खानेपानीको समस्या समाधान गर्न नसकिने महसुस गरी काठमाडौँ उपत्यका नगरप्रमुख मञ्चले  सो परियोजनाबारे गृहकार्य गर्नुपर्ने कुरा उठाएको जानकारी दिनुभयो । 
 
उहाँले आफ्नो नगरपालिकालगायत अन्य तहका लागि पनि खानेपानीको माग आपूर्ति गर्नका निम्ति  मुहानपोखरीमा बाँध बाँध्न सम्भाव्यता अध्ययन गर्ने सोच राखिएको बताउनुभयो । उहाँले नगरपालिकाले अब आर्थिक–मानवीय विकासमा जोड दिने तथा सुशासन सुनिश्चित गर्न विभिन्न उपकरण प्रयोग गरिने जानकारी पनि दिनुभयो ।
 
वडावासीले उठाएका प्रश्न र जिज्ञासाबारे वडाध्यक्ष नवराज भट्टराईले आव २०७२/०७३ को स्थानीय जग्गासम्बन्धी प्रतिवेदन अध्ययन गरी नगरपालिकाले आफ्ना सरकारी जग्गा संरक्षण गर्न घेराबेरालगायत काम गर्ने र मिचिएका जमिन खोजी गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार हाल नगरपालिकास्तरमा जग्गा संरक्षण समिति बनेको र अब वडास्तरमा उपसमितिहरू खडा गरिने छ । 
 
नगरपालिकाका प्रवक्ता भट्टराईले नगरका फोहर सङ्कलन र व्यवस्थापन गर्न विभिन्न कम्पनीबिच प्रतिस्पर्धा गराई योग्यलाई जिम्मेवारी दिइएको, विद्युतीय चुल्होको प्रयोग बढाउन प्रेरणा दिने हिसाबले वडाकै बजेट खर्च गरी अनुदानमा साङ्केतिक रूपमा ९२ वटा इन्डक्सन चुलो वितरण गरिएको र कपन बहुमुखी क्याम्पसलाई भविष्यमा विश्वविद्यालयकै स्वरूप दिनेगरी हाल आफैँले पूर्णरूपले सञ्चालन गर्न थालिएको जानकारी पनि दिनुभयो । उहाँका अनुसार राष्ट्रिय परिचयपत्र अब एक दुई दिनमै वितरण गरिने छ । 
 
कार्यक्रममा अघिल्लो वर्ष सम्पन्न भएका आयोजना तथा विकासनिर्माण गतिविधि तथा सुशासन र सेवा विषयमा वडावासीको प्रतिक्रिया तथा आगामी आव २०८१/०८२ का लागि नीति, योजना र बजेट कार्यक्रमसम्बन्धमा सुझाव सङ्कलन गरिनाका साथै नगर अस्पताल, ह्यान्डबल ग्राउन्ड निर्माण र व्यवस्थापन, वडाको प्रशासनिक भवन शिलान्यास तथा अन्य विकास गतिविधि समेटिएको छ मिनेटको वृत्तचित्र प्रदर्शन  गरिएको थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago