भर्खरै

आरनको आगो कथा सङ्ग्रह सार्वजनिक

  • प्रकाशित मिति : सोम, जेठ १४, २०८१
  • - शिखर श्रेष्ठ
title
 साहित्यिक आकासमा एउटा कोशेढुङगा को रुपमा कश्यप प्रसाद पौडेलद्वारा लिखित दोस्रो कथा सङ्ग्रह ‘आरनको आगो’ पाठकमाझ आएको छ । पौडेलको पहिलो कथा सङ्ग्रह ‘डायनकी छोरी’ले चर्चा कमाएसँगै हालै मात्र प्रकाशित आरनको आगोमा २१ वटा कथा समेटिएका छन् । २१ थुङ्गा कथारुपि माला उनेर सरल र सहज रुपमा बुझ्न सकिने गरि सबै बर्गका पाठक तथा पारखीहरूका लागि यी कथाहरू पठनीय त छँदैछन्, अधिकांश कथाहरूले ग्रामीण परिवेशलाई छर्लंग पारेका छन् । कथा पढ्न शुरु गरेपछि नसकियून्जेल छोड्न मन लाग्दैन । वास्तवमा कथाकार पौडेलको लेखनले समाजका समग्र वस्तुस्थितिलाई यथासक्य चित्रण गर्ने प्रयास गरेको छ  । विकृति विसंगतिविरुद्ध कडा प्रहारसँगै लोप हुन लागेका परम्पराबारे वर्तमान तथा भावि पुस्तालाई पनि जानकारीमूलक रहोस् भन्ने ध्येयले कथाको रचना आफैं महत्वपूर्ण कृतिका रुपमा रहनेछ । अझ भनौं पाठकहरुलाई कथामा उल्लेख गरिएका स्थानहरु आफैं भ्रमण गरिरहेको पो छु कि भन्ने महसुस गराउँन लेखक सफल भएका छन् । ‘पराले झुप्रोकी रुपा’ कथाले वादी समुदायको दिनचर्या, पीडा र बाँच्नका लागि शरीर बेच्नुपर्ने वाध्यताको चित्रण गरेको छ भने ‘झड्केली छोरी’ ले जीवनको उत्तरार्द्धमा पुगेका वृद्ध बाबुआमालाई आफ्नै छोराहरुले नहेरेका बेला त्यही झड्केली छोरीको सहारा मिलेको कारुणिक अवस्थाको त्रिचण गरेको छ ।
 
मीतबा कथाले बालापनको स्मरण गराउँछ, अझ मीतबाको घर गएकै बेला महादेउपोखरीको जात्रामा साथ छुट्दा अलपत्र परेको क्षणले धेरैको बाल्यकालका यादहरुलाई ताजा बनाइदिन्छ । कुलतमा फसेको बाबुले आमालाई चिर्पटले हिर्काएर घाइते पारी आफूहरुलाई बेसहारा बनाई घर छोडेर हिँडेको र उसले नहेरे पनि फूपुको सहयोगमा धर्मपिताका रुपमा पाटनका गुर्जुबाको साथ पाएकी निर्मलाको पठनपाठन र बिहेबारीसम्मको कथा गुर्जबाले समेटेको छ । रुढीवादी परम्पराअनुसार जन्मँदाको साइतसँग जोडेर मूल नक्षत्र परेकी र यसले पिर्छे भनेर आमाबुबाको काख छुटाएर मावली पठाइएको तथा गाउँघर÷शहर प्राय सबैतिर पहिलेदेखि नै चल्दै आएको पेवा दिने चलन, यसले उत्पन्न गर्ने झगडा, मेलमिलाप लगायत पर्याप्त जानकारीमूलक कथा ‘आमाको पेवा’ पनि त्यत्तिकै पठनीय छ ।
 
 
महादेउथानको जात्रा जानुअघि चिटिक्क पर्न खोज्दा इस्टकोट मुसाले काटिदिएको, राति जात्रामा बेखर्ची हुँदा सुन्तला खान मन लागे पछि साथीहरू मिलेर व्यापारीको डोको ढालेको, छरिएका सुन्तला चोरेर भागेको कथा पनि त्यत्तिकै रोचक छ । सिठीनखःको वासाले साथ छुटेका बले काका कसरी वकिल बने र जयराम भतिज किन पुरेत्याईं गर्न थाले भन्ने कथाले पनि नेपाली गाउँ परिवेश, बाबुआमाको माया तथा संरक्षणसँग जोडिएका प्रसंगहरुको सकारात्मक तथा नकारात्मक पाटोको वास्तविक चित्रण गरेको छ । त्यसैगरी विदेश जाने सपनाका कारण विभिन्न कन्सल्टेन्सी, दूतावास र दलालको चक्करमा परेर ठगिँदै बाउन्न घुस्सा त्रिपन्न ठक्कर खाएका कमल अस्ट्रेलियाको भिसा लागेकी युवतीसँग बिहेपछि श्रीमतीको डिपेन्डेन्टमा विदेश पुगेपछि मात्रै आफ्ने बिहे त नक्कली पो रहेछ भनेर छाँगाबाट खसेजस्तो भएको कथाले पनि अहिलेको स्वार्थी प्रवृत्तिलाई दर्शाएको छ ।
 
 मनको तृष्णा, छोराको बिहेले उब्जाएको जाँगर, लैनु पाडीको रहरले डो¥याएकी बालिकाको टिठलाग्दो कथाले पनि वास्तविकता पस्किएको झल्को दिन्छ ।
त्यसैगरी पहिलो प्रेम किशोरावस्थामा धेरै किशोर किशोरीको अनुभवलाई प्रतिनिधित्व गरेको छ भने ‘आरनको आगो’ त शीर्ष कथा नै भइहाल्यो । भिनाजुको घर, माइत जाने रहर, घर्तीगाउँको बुधे, नाताकी माइजू, शान्ति काकी, हली दाइ, साँझको बटुवा र सिप्पाई दाइ जस्ता कथाले गाउँघरका गतिविधि, घटना, परम्परा र जीवनशैली उतार्ने प्रयास गरेका छन् । वास्तवमा कथाकारले जुन जुन समुदायको कथा लेखेका छन् तिनीहरूमा सम्बन्धित संस्कृति, रहनसहन, भाषा र शैलीलाई उतार्ने प्रयास गरेकाले कथा रोचक बनेका छन् भन्दा अत्युक्ति नहोला । अझ कथाका पात्रहरूको मनोविज्ञानको पक्ष पनि त्यत्तिकै प्रासंगिक छ, बालक, युवक, महिला, बालिका जस्ता विविध भूमिकामा लेखकले आफूलाई उभ्याउन सक्नु नै कला रहेछ भन्ने कुरालाई कथा सङ्ग्रहले पुष्टि गरेको छ ।
 
 राजधानीमा यही जेठ ५ गते शनिबार स्वास्थ्य तथा विज्ञान प्रविधि मञ्चद्वारा आयोजित कार्यक्रम वीच प्रमुख अतिथि प्रतिनिधि सभाका सांसद एवम् नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकार्पण गर्नु भएपछि आरनको आगो पाठकका हात हातमा पुगेको छ । सीतादेवी पौडेलद्वारा प्रकाशित, क्रियटिभ वर्क डट नेपाल प्रा।लि।द्वारा मुद्रित २ सय ८४ पृष्ठको आरनको आगो कथा सङ्ग्रहको मूल्य रु।४००÷ रहेको छ । कथा पढ्दै जादा यि कथाहरू का विषयवस्तु हरु कोहि कसै सङ मेल खाइरहेको छ कि भन्ने भान परिरहेको हुन्छ । लेखक सबल र सक्षम रहेको कथाले पुष्टि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago