भर्खरै

स्वदेशी वस्तुको उपभोग बढाउन राष्ट्रिय जागरण थालिनेः मन्त्री भण्डारी

  • प्रकाशित मिति : शुक्र, जेठ १८, २०८१
  • - विद्युत संसार संवाददाता
title
काठमाडौँ, १८ जेठ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी वस्तुको उपभोग बढाउन राष्ट्रिय जागरणको आवश्यकता औँल्याउनुभएको छ ।
 
भक्तपुरको सल्लाघारीमा राष्ट्रिय लघु उद्यमी महासङ्घ नेपालले आजदेखि आयोजना गरेको राष्ट्रिय राष्ट्रिय लघु घरेलु व्यापार मेला तथा प्रदर्शनीको उद्घाटनमा उहाँले चाँडै सरकारले स्वदेशी वस्तुको उपभोग बढाउने ध्येयका साथ आगामी आर्थिक वर्षमा राष्ट्रिय जागरण थाल्ने बताउनुभयो ।
 
साना तथा लघु उद्यमीले विभिन्न समस्या झेल्नु परिरहेको उल्लेख गर्दै मन्त्री भण्डारीले साना तथा लघु उद्यमीको संरक्षण सरकारले गर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “चाँडै उद्योग मन्त्रालयले स्वदेशी वस्तुको उपभोगसम्बन्धी नीति र कार्ययोजना ल्याउँदै छ, यो नीति लागू भएपछि जागरण अभियान सञ्चालन हुनेछ, तत्पश्चात स्वदेशी वस्तुको उत्पादन बढाउनु पनि अपरिहार्य छ, सरकारले उत्पादनकर्ता र उपभोगकर्ता दुवैलाई विविध सहुलियत गर्छ ।”
 
साथै साना तथा मझौला उद्यमशिलतालाई प्रोत्साहन गर्न विभिन्न कानुन सुधारका काम मन्त्रालयले अघि बढाइसकेको उहाँले जानकारी गराउनुभयो । मन्त्री भण्डारीले भन्नुभयो, “सरकारबाट प्रवद्र्धनका प्रयास भइरहेका छन्, तीनै तहका सरकारको समन्वयमा उद्यमशिलता प्रवद्र्धनका लागि पनि प्रयास भइरहेको छ, न्यूनतम एउटा पालिकामा १५–२० वटा उद्यमशिलताका कार्यक्रम सञ्चालन गर्ने सरकारको लक्ष्य छ ।”
 
मन्त्री भण्डारीले विदेशिएका युवालाई उद्यमशिलतासँग जोड्न सरकारले आगामी आर्थिक वर्षमा विभिन्न कार्यक्रम ल्याएको स्मरण गराउनुभयो । उहाँले उद्यमशिलतासँग जोडिएका विभिन्न तालिम तथा सीप हस्तान्तरणका कार्यक्रम एकीकृत गराएर गर्न उद्योग मन्त्रालय लागिपरेको बताउनुभयो ।
 
साथै उहाँले सरकारले छिट्टै सरकारी निकायबाट स्वदेशी उत्पादनको उपभोग गर्ने कार्यक्रम ल्याउने जानकारी गराउनुभयो । उहाँले उद्योग मन्त्रालयमा स्वदेशी कलम तथा कागजको प्रयोग गर्न सुरु गरिएको र चाँडै अन्य वस्तुको प्रयोग पनि स्वदेशी नै गर्दै जाने बताउनुभयो ।ड

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago