भर्खरै

संघद्धारा रक्तदान कार्यक्रम सम्पन्न

  • प्रकाशित मिति : शनि, जेठ २६, २०८१
  • - भीमलाल श्रेष्ठ/ विद्युत संसार संवाददाता
title
 
काठमाडौं, २६ जेठ । नेपाल इलेक्ट्रिसियन संघद्धारा आयोजित नियमित रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
आगामी जेठ ३२ गते (जून १४) विश्व रक्तदाता दिबसको अवसर पारेर एक हप्ता अगाडी नेपाल इलेक्ट्रिसियन संघले सो कार्यक्रमको आयोजना गरिएको संघका अध्यक्ष दामोदर प्याकुरेलले बताउनुभयो ।
 
संघले सामाजिक कार्य मध्ये उत्कृष्ट रुपमा रक्तदान कार्यक्रमलाई पहिलो प्राथमिकतामा राख्दै बर्ष भरिमा करिब ३ वटा रक्तदान कार्यक्रमलाई बार्षिक क्यालेण्डरको रुपमा कार्यक्रम संचालन गर्ने संघका अध्यक्ष प्याकुरेलले विद्युत संसार डटकमलाई बताउनुभयो । 
 
नेपाल इलेक्ट्रिसियन संघको चौधौं बार्षिक साधारण सभा एवं सातौ अधिवेशन गत बैशाख १९ गते बालाजु स्कुल अफ इन्जििनियरिङ्ग एण्ड टेक्नोलोजिको सभाहल बालाजु औद्योगिक क्षेत्रमा १३५ औं विश्व मजदुर दिवसको अवसरमा संघका अध्यक्ष दामोदर प्याकुरेलको नेतृत्व आएपछि पहिलो कार्यक्रम  रक्तदान कार्यक्रमबाट शुरुवात गरिएको संघका सचिव एवं रक्तदान कार्यक्रमका संयोजक राधेश्याम शर्मा फुँयाल बताउनुभयो ।
 
संयोजक फुँयालका अनुसार सुरक्षामा खटिएका प्रहरी जवान सहित २ जना महिला र ५३ जना पुरुषले रक्तदान गरेको हामीसंगको कुराकानीमा बताउनु भयो । 
 
यस रक्तदान कार्यक्रम सफल बनाउन रक्तदातालाई ३ कार्टुन जुस(फ्रुटी) सहयोग गर्ने संघका सल्लाहाकार प्रभाकर पुरी, २ कार्टुन जुस सहयोग गर्ने संघका सदस्य बाबुराम मानान्धर,आवश्यक कुर्ची,टेबल र कार्पेट सहयोग गर्ने जालपा टेन्ट एण्ड क्याटरिङ्ग सर्भिस नेपालटार, कार्यक्रमलाई तरकारीको लागि आवश्यक चना को व्यवस्थापन गर्ने संघका सदस्य गणेश रिजाल, पानीको सहयोग गर्ने प्रकाश कुमार दाहाल र रामजी लामा, संघका सम्पूर्ण कार्यसमिती लगायत प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैमा संयोजकले हार्दिक आभार एवं धन्यवाद समेत व्यक्त गर्नुभयो ।
    
 नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्माचार्य प्रमुख आतिथी र काठमाण्डौं विद्युतीय व्यवसायी संघका अध्यक्ष दिवेश कुमार जैनको विशेष आतिथ्यमा काठमाण्डौंको बाईपास चोकमा कार्यक्रम सम्पन्न गरिएको होे । 
 
वि.सं.२०६४ सालमा स्थापना भएको संघले ईलेक्ट्रिसियनहरुको हक हितमा आवाज उठाउदैँ आएको छ । संघले ईलेक्ट्रिसियन पेसालाई मर्यदित बनाउन यस्ता सामाजिक कार्यक्रमहरु र प्रविधिक सम्वन्धि तालिमको समेत आयोजना गर्दै आएको छ । हाल संघमा एक हजार तीन सय भन्दा बढी ईलेक्ट्रिसियनहरुले आवद्धता रहेका छन् । 
 
 
रक्तदान कार्यक्रममा रक्तदान सम्वन्धि सहजिकरण संघका सहसचिव सन्तोष बस्नेतले गर्नुभएको थियो भने कार्यक्रम उद्धघोषक संघका सचिव एवं संयोजक राधेश्याम शर्मा फुँयालले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago