भर्खरै

संघद्धारा कर सम्बन्धि तालिम संचालन हुदैं

  • प्रकाशित मिति : शनि, जेठ २६, २०८१
  • - भीमलाल श्रेष्ठ / विद्युत संसार संवाददाता
title

काठमाडौं, २६ जेठ । काठमाडौं विद्युतीय व्यवसायी संघले कर सम्बन्धि तालिम संचालन हुनेभएको छ । 
 
काठमाडौं विद्युतीय व्यवसायी संघमा आबद्ध उद्यमी एवम् व्यापारी÷व्यावसायीहरूका लागि करको दर, आयकर सम्बन्धी नीतिगत कुराहरु तथा मूल्य अभिवृद्धि कर बिषयबस्तु समेटि आन्तरिक राजस्व कार्यालयका सम्बन्धीत विज्ञहरुबाट कार्यक्रम संचालन गरिने संघका अध्यक्ष दिवेश कुमार जैनले विद्युत संसारलाई बताउनुभयो ।
 
संघले आगामी जेठ २७ गते आईतबार होटल घुँइचो रेष्टूरेन्ट एण्ड बारमा सम्पन्न गरिने अन्तिम तयारी भएको   छ । 
 
कार्यक्रममा एरिया समितिले सङ्घलाई आगामी दिनमा व्यवसायी लक्षित कसरी बनाउन सकिन्छ भन्ने विषयमा आ–आफ्नो धारणा समेत राखिने भएको छ । काठमाडौं जिल्ला संघले आफ्नो स्थापनाकाल देखि नै आफ्ना सदस्यहरूलाई लक्षित कर तालिम, स्वास्थ्य शिविर, मोटिभेसनल कार्यक्रम जस्ता कार्यक्रमहरू आयोजना गर्दै आएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

मौद्रिक नीति २०८१/८२ः बजेटका पाँच कार्यक्रमलाई प्राथमिकता

काठमाडौँ, ११ साउन । सरकारले चालु आर्थ 1 day ago

संस्थागत शेयर धितो कर्जामा २० करोडको सीमा खारेज

काठमाडौँ, ११ साउन । नेपाल राष्ट्र बैं 1 day ago